
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा शुक्रबार साँझ बहस सकिएपछि प्रसन्न मुद्दामा इजलासबाट बाहिरिएका छन्। उनलाई शुक्रबार बिहान अदालतमा उपस्थित गराइएको थियो।
शुक्रबार साँझ यससम्बन्धी मुद्दामा आदेश आउने अदालत प्रशासनले जानकारी दिएको छ। यद्यपि मिश्रको अनुहार शुभचिन्तकहरू र मिडियाकर्मीमाझ हँसिलो देखिएको छ।
बुधबार सर्वोच्च अदालतले बन्दी रविन्द्र मिश्रसहित अदालतमा उपस्थित हुन आदेश दिए पनि बिहीबार उनलाई हाजिरमात्र गराएर फर्काइएको थियो।
शुक्रबार भने उनलाई बिहानै सर्वोच्च अदालतमा पेस गरिएको थियो।