टुँडीखेलमा साकेला नाचको रौनक (तस्बिरहरू)

टुँडीखेलमा साकेला नाचको रौनक (तस्बिरहरू)
+
-

काठमाडौँ – किराँत राईहरूले काठमाडौँको टुँडिखेलमा साकेला नाचेर उभौली मनाएका छन्। यही साता बुद्ध पूर्णिमाको दिन परेको उभौलीको साकेला नाच आज नाचिएको हो।

किराँतहरुका देवी र देवता सुम्निमा (पार्वती) र पारुहाङ (शिव) को उत्पत्तिसँगै यो चाड मानिँदै आएको विश्वास छ। बाली लगाउने समयमा प्रशस्त वर्षा होस्, दैवी प्रकोप नपरोस्, आफ्नो समुदायमा रोगव्याधि नलागोस्, सुखशान्ति छाओस् भनेर उभौली मनाइन्छ।

यसैगरी साकेला आफ्ना पितृप्रति श्रद्धाञ्जली व्यक्त गर्न एवं उनीहरूको सामाजिक क्षेत्रको कार्य, योगदानप्रतिको सम्मान र सम्झनाका लागि नाचिन्छ।

साकेलामा ढोल, झ्याम्टा बजाएर सृष्टिका गीत गाउने चलन छ। यसैगरी कोदोको चोखो जाँड, नयाँ अदुवा, धान र कुखुराको रातो भाले काटेर प्रकृतिलाई भोग दिने चलन रहेको छ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’