
दाङ- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२\०८३ को नीति तथा कार्यक्रम आज सोमबार ल्याउदैछ ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभाको छैठौं अधिवेसनको पाँचौं बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश प्रमुख घर्तिमगरले वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा सम्बोधन गर्ने कार्यसूचीमा समावेश गरिएको छ ।
प्रदेश सरकारले कृषि, पर्यट, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार लगायत नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन थालेको हो । यथार्थ धरातललाई आधार मानेर सरकारले नीति तथा कार्यक्रम ल्याउन थालिएको जनाइएको छ ।
सरकारले अघि बढाएका तर, सम्पन्न हुन नसकेका योजनाहरुलाई सम्पन्न गर्ने, जनताको जीवनस्तर सुधार्न ति योजनाहरुलाई अनिवार्य जोड्ने, स्थानीय उत्पादन बृद्धि गर्ने, अर्गानिक खेति प्रणालीको विकास गर्ने लगायतका बिषयहरुलाई प्राथमिकतामा राखिएको छ ।