बजेट कार्यान्वयनमा मानव पूँजीको प्रभावः रणनीति र दीर्घकालीन दृष्टिकोण

बजेट कार्यान्वयनमा मानव पूँजीको प्रभावः रणनीति र दीर्घकालीन दृष्टिकोण
+
-

१. मानव पूँजी (Human Capital) भनेको के हो ?
मानव पूँजी (Human Capital) भन्नाले व्यक्तिहरूको सीप, ज्ञान, अनुभव, स्वास्थ्य, तथा कार्यसम्पादनको समग्र मूल्यलाई बुझिन्छ । कुनै पनि संघ, संस्था वा राष्ट्रको सफलताको आधार भनेको सक्षम, ईनोभेटिभ, र उच्च दक्षता भएका व्यक्तिहरू नै हुन् । मानव पूँजी कर्मचारीहरूलाई मात्र होइन, उनीहरूको सिर्जनात्मकता, कार्यसम्पादन, तथा दीर्घकालीन योगदान लाई समेत समावेश गर्छ । योग्य, ईनोभेटिभ, तथा सक्षम जनशक्ति बिना कुनै पनि स्रोत, साधन, प्रविधि, वा पूर्वाधारको प्रभावकारी उपयोग सम्भव छैन । मानव पूँजी व्यवस्थापनले Upskilling तथा Reskilling कार्यक्रमहरूद्वारा श्रम बजारलाई प्रविधि मैत्री मात्र नबनाई रोजगारी सिर्जना, नवीन व्यवसायको विकास, तथा वैदेशिक प्रतिस्पर्धा बढाउन समेत सहयोग गर्दछ।

मानव पूँजी कुनै पनि संघ, संस्था वा राष्ट्रको लागि नै एक दीर्घकालीन सम्पत्ति हो । परम्परागत रूपमा, मानव स्रोत व्यवस्थापनलाई प्रशासनिक प्रक्रियाको रूपमा लिइन्थ्यो । एआई युगमा मानव पूँजी व्यवस्थापन केवल कर्मचारीहरु व्यवस्थापन, कार्यक्षमता सुधारसम्म मात्र सीमित नभएर ESG (Environmental, Social, Governance), प्रविधि, तथा कार्यस्थलमा ईनोभेसन, सरकारी नीति निर्माण, आर्थिक विकास, तथा प्रविधि–अनुकूल जनशक्ति सशक्तीकरणको सुनिश्चित गर्नु पर्दछ । सरकारले मानव पूँजीलाई प्राथमिकता दिएर नीति निर्माण, कार्यान्वयन, तथा ईनोभटिभ सोचलाई प्रवद्र्धन गर्नुपर्छ । प्रविधिमैत्री Upskilling तथा Reskilling कार्यक्रमहरू मार्फत श्रम बजारलाई नवीन व्यवसाय, अतिरिक्त रोजगारी सिर्जना, तथा अन्तराष्ट्रिय रुपमा प्रतिस्पर्धा बृद्धि गर्न सकिन्छ । तसर्थ एआईको विकाससँगै मानव पूँजीको भूमिका रणनीतिक रूपमा बढ्दै गएको छ ।

२. मानव पूँजी पहिलो प्राथमिकता किन हुनुपर्छ?
मानव पूँजी राष्ट्रको दीर्घकालीन सम्पत्ति भएकाले यसको प्रभावकारी व्यवस्थापन अत्यावश्यक हुन्छ । योग्य, दक्ष, र ईनोभेटिभ जनशक्ति बिना कुनै पनि स्रोत, साधन वा प्रविधिको उच्चतम उपयोग कदापी सम्भव छैन । विशेष गरी एआई युगमा, यदि मानव पूँजीलाई समयसापेक्ष रूपले विकसित गरिएन भने, स्वचालन तथा डिजिटल रूपान्तरण जस्ता प्रविधिहरूले दक्ष जनशक्तिको मागलाई चुनौती दिन सक्छन्। शिक्षा, तालिम, तथा सीप विकासमा आवश्यक लगानी नगर्दा कार्यक्षमतामा ह्रास आउने र उत्पादकत्वमा कमी आउने खतरा रहन्छ । उच्च विकसित राष्ट्रहरू जस्तै सिंगापुर, अमेरिका, र युरोपेली संघले मानव पूँजीलाई पहिलो प्राथमिकता दिएको कारण नै ती देशहरू द्रुत आर्थिक वृद्धिको नेतृत्व गरिरहेका छन्।

बिश्व बजारमा उच्च प्रतिस्पर्धात्मक अर्थतन्त्रमा मानव पूँजी व्यवस्थापनको रणनीतिक भूमिका हुन्छ । Upskilling तथा Reskilling कार्यक्रमहरूमा लगानी नगर्ने राष्ट्रहरू दीर्घकालीन रूपमा आर्थिक संकटमा पर्न सक्छन्। एआई युगमा ESG रणनीति तथा प्रविधि समायोजनको प्रभावकारी उपयोग सुनिश्चित गर्न मानव पूँजी केन्द्रित नीति आवश्यक हुन्छ । त्यसकारण, प्रविधिको द्रुत विकाससँगै राष्ट्रहरूल योग्य जनशक्ति बिकासमा प्राथमिकता दिनु आवश्यक छ, जसले दीर्घकालीन स्थिरता, देशको समृद्धि, तथा नीति नियम कार्यान्वयनको प्रभावकारिता सुनिश्चित गर्छ ।

मानव पूँजी कुनै पनि राष्ट्र वा संस्थाको पहिलो प्राथमिकता हुनुपर्छ किनकि प्रविधि, बजेट, नीति कार्यान्वयन, तथा आर्थिक विकास सबै राष्ट्रिय रुपमा उपलब्ध जनशक्तिको क्षमतामा निर्भर हुन्छ । तसर्थ हाम्रो देश नेपालले आजको एआई युगमा सफलता प्राप्त गर्न मानव पूँजी व्यवस्थापनको लागि रणनैतिक सोचका साथ मनन गर्दै उच्च प्राथमिकता दिनु आवश्यक छ ।

३. मानव पूँजी व्यवस्थापनका प्रमुख तत्वहरु के के हुन् ?
मानव पूँजी व्यवस्थापनले नीति निर्माण, प्रभावकारी कार्यान्वयन क्षमता, कर्मचारी संलग्नता, तथा प्रविधि समायोजनलाई सन्तुलित बनाउनुपर्छ। Upskilling तथा Reskilling को माध्यमबाट जनशक्तिको सीप अद्यावधिक गर्दै एआई अनुकूल कार्यस्थल विकास अनिवार्य छ। नीति कार्यान्वयनमा सशक्त नेतृत्व आवश्यक हुने भएकाले रणनीतिक निर्णय प्रक्रियामा सुधार गर्नुपर्छ । प्रविधिको प्रभावकारी उपयोगका लागि Big Data, एआई स्वचालित प्रणाली तथा डिजिटल कार्यप्रणाली अपनाउनु अपरिहार्य हुन्छ । ESG को पूर्ण अवलम्बन गर्दै सकारात्मक कार्य वातावरणको बिकास, कर्मचारीहरुको स्वतः स्फुर्त सहभागितामा वृद्धि, इनोभेटिभ रणनीति मार्फत मानव पूँजी व्यवस्थापन गर्न दीर्घकालीन रूपमा सफल हुन सकिन्छ।

४. नीति निर्माता (Policy Maker) को लागि आवश्यक सीप र ज्ञान।

नीति निर्माताहरूले रणनीतिक सोच, आर्थिक विश्लेषण, प्रविधि–साक्षरता, तथा सामाजिक उत्तरदायित्व विकास गर्न आवश्यक छ । प्रभावकारी नीति कार्यान्वयनका लागि डेटा–आधारित निर्णय क्षमता, एआई तथा डिजिटल प्रविधिको समिश्रण युक्त ज्ञान सीप, तथा Upskilling तथा Reskilling अपरिहार्य हुन्छ। ESG नीति कार्यान्वयन गर्दा जनशक्तिको क्षमता तथा पारदर्शी प्रशासनिक संरचना आवश्यक पर्ने भएकाले दीर्घकालीन स्थिरता सुनिश्चित गर्न योग्य जनशक्ति सम्बन्धमा ज्ञान हुनु समेत जरुरी हुन्छ ।

सार्वजनिक नीति कार्यान्वयनलाई प्रविधि–अनुकूल, ईनोभेटिभ, तथा दिगो विकास मैत्री बनाउन एआई समाबेश हुनु आवश्यक हुन्छ । सरकारी निर्णय प्रक्रियामा एआईको प्रभावकारी उपयोग, बजेट वितरणको समानता तथा कर्मचारी क्षमताको उच्चतम प्रयोग गर्न नीति निर्माताहरूको प्रमुख जिम्मेवारी हो। राष्ट्रले दीर्घकालीन रुपबाट आर्थिक वृद्धि तथा बिश्व बजारमा प्रतिस्पर्धा बढाउन मानव पूँजी व्यवस्थापनलाई उच्च प्राथमिकता दिदै सामाजिक, आर्थिक, तथा प्रविधि–संलग्न नीति सुधारको सुनिश्चित गर्नु पर्दछ।

५. नीति सिफारिसहरू
मानव पूँजीलाई रणनीतिक सम्पत्तिका रूपमा परिभाषित गर्दै नीति निर्माण गर्दा दिगो विकास, इनोभेटिभ योजना, तथा आर्थिक स्थायित्व सुनिश्चित गर्न सकिन्छ । Upskilling तथा Reskilling कार्यक्रमहरूलाई नीति कार्यान्वयनसँग समायोजन गर्दा कर्मचारी दक्षता, कार्यस्थल उत्पादकत्व बृद्धि, तथा जनशक्तिमा ईनोभेसनको बिकास हुन्छ। ESG तथा एआई रणनीतिहरूलाई मानव पूँजी समायोजन गर्ने नीति अवलम्बन गर्दा पर्यावरणीय उत्तरदायित्व, सामाजिक समावेशिता, तथा समानुपातिक नेतृत्व स्थापित गर्न सकिन्छ । दीर्घकालीन सफलताको लागि ईनोभेटिभ जनशक्ति निर्माण, नीति अनुकूल, तथा प्रविधियुक्त कार्य प्रणाली आवश्यक हुन्छ, जसले राष्ट्रको प्रतिस्पर्धात्मक क्षमता तथा समृद्धि सुनिश्चित गर्दछ।

६. राष्ट्रिय नीती तथा बजेटमा मानव पूँजीको स्थायी बिकासको लागि अनिवार्य शर्तहरु के के हुन्?

बार्षिक रूपमा राष्ट्रपतिबाट प्रस्तुत गरिने सरकारका प्रमुख नीति तथा कार्यक्रमहरूमा मानव पूँजी व्यवस्थापनलाई उच्च प्राथमिकता दिनु जरुरीछ । मानव पूँजी व्यवस्थापनमा, विगत र वर्तमानको समिक्षा र सुधारात्मक पहलका साथ नीति तथा कार्यक्रमहरूमा समावेश गर्न आवश्यक हुन्छ । बजेट तर्जुमा गर्ने क्रममा उक्त बजेट कार्यान्वयन गर्न सक्षम जनशक्ति उपलब्ध छ कि छैन भन्ने विषयमा गम्भीर छलफल गरिनुपर्छ । आन्तरिक रूपमा बजेट खर्च गर्न असमर्थ रहने वा बाह्य जनशक्ति परिचालन गर्दा पनि प्रभावकारी कार्यान्वयन हुन नसक्ने कार्यक्रमहरूलाई रद्द गर्दै बजेटलाई अर्को उपयुक्त शीर्षकमा स्थानान्तरण गर्ने जिम्मेवारी नीति निर्माताहरूको हुन्छ । यसको लागि नीति निर्माता तथा व्यवस्थापकहरुले प्रयाप्त समय दिएर उच्च प्राथमिकताका साथ छलफल गर्नु गराउनु जरुरी छ । दीर्घकालीन सफलता सुनिश्चित गर्न दूरदृष्टि तथा व्यवहारिक सोचको ज्ञान हुनुअत्यावश्यक हुन्छ ।

७. बजेट कार्यान्वयनमा मानव पूँजीको भूमिका के कस्तो हुन्छ?
राष्ट्रिय बजेट कार्यान्वयनका लागि योग्य जनशक्ति अपरिहार्य हुन्छ । यदि मानव पूँजीको व्यवस्थापनको लागि प्रभावकारी योजना छैन भने सरकारी नीति तथा बजेट कार्यान्वयनमा समस्या आउँछ। यदि मानव पूँजीको उचित व्यवस्थापन गरिएन भने बजेट लिखित पानामा मात्र सिमित हुन्छ। बजेटमा खर्च गर्न छुट्याइएको रकम खर्च नहुने, आर्थिक बर्षको अन्तमा जबर जस्त खर्च बाध्य गराउने, कार्यको गुणस्तमा ध्यान नदिने र भ्रष्टाचारको लागि मलजल हुने जस्ता कृयाकलापहरु मानव पुजी व्यवस्थापन बिपरित र असफल तत्वहरु हुन, जुन हामी सबैले सदैव झेलिरहेका, बुझिरहेका छौं ।

आज देश भरि नै सबै सरकारी निकायहरुमा औसत ५० प्रतिशत भन्दा पनि कम रकम खर्च गर्न नसक्नु, खर्च भए पनि समयमा नै खर्च गर्न नसक्नु, पुँजीगत खर्च कम हुनु वा खर्च नै नहुनु भनेको सरकारी निकायहरुले मानव पुँजी व्यवस्थापनको दक्षतामा प्रश्न उठेको छ । कुनै पनि सरकारी निकाय ध्यान नगएको प्रष्ट बुझ्न सकिन्छ । व्यवहारिक योजना बनाउन सक्ने र त्यसको प्रभावकारी कार्यान्वयन सक्ने योग्य जनशक्ति बिना देश बिकासको गति कदापी लयमा आउँदैन । हामी सबैले प्रत्यक्ष रुपबाट महशुस गरिरहेको, भोगिरहेको मात्र नभई आज हाम्रो देशको बिद्यमान रहेको प्रमुख चुनौती पनि यहि हो । जसमा सरकार, नीति निर्माता, सम्बन्धित सबैनिकाय र उच्च नेतृत्वकोसमयमा नै ध्यान जानु जरुरी छ ।

८. निष्कर्ष

एआई युगमा मानव पूँजी कुनै खर्च मात्र होइन, यो संस्थाको भविष्यको लागि गरिएको लगानी हो। कार्यान्वयन सुधार गर्न संगठित नीति, सशक्त नेतृत्व, तथा प्रविधिको समायोजन अत्यावश्यक हुन्छ । बजेट कार्यान्वयनको प्रभावकारिता बढाउन मानव पूँजीको व्यवस्थापनको लागि समयमा नै उच्च प्राथमिकता दिनुपर्दछ ।

राष्ट्र निर्माणमा मानव पूँजीको सही र उच्चतम व्यवस्थापन अनिवार्य छ । यदि नीति निर्माताहरूले सही रणनीति अवलम्बन गरे भने एआज्ञ युगमा आर्थिक स्थायित्व, ईनोभेटिभ योजनाका साथ सामाजिक समृद्धि सुनिश्चित गर्न सकिन्छ । बजेट कार्यान्वयनको प्रभावकारिता बढाउन मानव पूँजी व्यवस्थापन प्राथमिकता दिनुपर्ने अनिबार्य शर्त हो।

(भट्टराई मानव पुँजी व्यवस्थापन विज्ञ हुन्। उनी गत २ दशकभन्दा बढी समयदेखि मानव पुँजी व्यवस्थापनका क्षेत्रमा संलन्न छन्।)

 

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’