२४ घण्टाभित्र जनकपुर अस्पतालको सम्पूर्ण विवरण उपलब्ध गराउन मुख्यमन्त्रीको निर्देशन

२४ घण्टाभित्र जनकपुर अस्पतालको सम्पूर्ण विवरण उपलब्ध गराउन मुख्यमन्त्रीको निर्देशन
+
-

जनकपुर – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर अञ्चल अस्पतालको छड्के निरीक्षण गरेका छन् । उनले अस्पतालको छड्के निरीक्षण गर्दै सम्पूर्ण विवरण २४ घण्टाभित्र प्रदेश सरकारलाई उपलब्ध गराउन निर्देशन समेत दिएका छन् ।

अञ्चल अस्पतालको लापरबाहीबारे जनगुनासा बढेपछि मुख्यमन्त्री राउत सहितको टोलीले छड्के निरीक्षण गर्दै अस्पतालको दरवन्दी, हाल कार्यरत चिकित्सक तथा कर्मचारीहरुको संख्यासहितको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

उनले अस्पताल विकास समिति विघटन भएर अञ्चल अस्पताल प्रदेश सरकार मातहत आइसकेको अवस्थामा कर्मचारी र अस्पताल व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारको रहेको बताउँदै अब मेसुसँगै सम्पूर्ण कर्मचारी प्रदेश सरकारले नियुक्त गर्ने बताए ।

विकास समितिमा लामो समयदेखि काम गर्दै आएका कर्मचारीलाई व्यवस्थापन गर्ने दायित्व अब प्रदेश सरकारको रहेको उल्लेख गर्दै उनले विकास समितिको नाउमा अस्पताललाई भर्ना केन्द्र बनाउन नहुने बताए ।

जनकपुर अञ्चल अस्पताललाई प्रदेशको केन्द्रीय अस्पतालमा मात्र नभई शिक्षण अस्पतालकै रुपमा विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको उनको भनाई छ ।

उनले जनकपुर अञ्चल अस्पतालमा लापरबाही भए अब अस्पतालको मात्र बेइज्जती नभई प्रदेश सरकारको समेत बेइजती हुने भएकाले अब यसको सुधारका लागि आफूहरुले भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

निरीक्षण टोलीमा रहेका सामाजिक विकास मन्त्री नवल किशोर साहले अस्पतालको विकास तथा सहयोगका लागि आफूहरुसँग अस्पतालले कहिल्यै समन्वय नगरेको गुनासो गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?