पोखरा-पोखराको न्यूरोड स्थित सडक किनारमा रहेको सोलार बत्तीको पोलमा ग १३ प ७६८१ नम्बरको मोटरसाईकल ठोक्किदा चालकको मृत्यु भएको छ।
मृत्यु हुने तनहुँ जिल्ला स्थायी घर भई हाल पोखरास्थित न्यूरोडमा बस्ने वर्ष ३० का सन्दीप सिग्देल रहेका छन्।
सिग्देल सवार मोटरसाइकल गएराति सवा ११ बजे सडक किनारमा रहेको सोलार बत्तिको पोलमा ठोक्किदाँ दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक शिव थापाले जानकारी दिए।
घटना लगत्तै प्रहरीको भ्यानले उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको थियो। अस्पतालमा डाक्टरले सिग्देललाई मृत घोषणा गरेका थिए।
सवारी साधनको प्रकृति हेर्दा दुर्घटना तिब्र गतिका कारणले भएको हुनसक्ने थापाले बताए। सिग्देल टिम फाइभ प्याराग्लाइडिङका पाइलट भएको आफन्तले बताए।
यो पनी हेर्नुहोस्: