सुदूरपश्चिमः सत्ता पक्ष र प्रतिपक्षबीच सहमतिसँगै बजेट अधिवेशन सुरु

सुदूरपश्चिमः सत्ता पक्ष र प्रतिपक्षबीच सहमतिसँगै बजेट अधिवेशन सुरु
+
-

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको बैठक सञ्चालन गर्न सत्ता पक्ष र प्रतिपक्षी दलहरुबीच सहमति भएकाे छ। सहमतिसँगै बजेट अधिवेशन सुरु भएकाे छ।

लगातार प्रतिपक्ष दलकाे अवराेधपछि चैत २५ गते प्रदेश सभाकाे हिउँदे अधिवेशन अन्त्य गरिएकाे थियाे। प्रदेश सभा सञ्चालनका विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच आइतबार सहमति भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आइतबार बसेको सर्वदलीय बैठकमा प्रतिपक्षीले उठाएका समसामयिक विषयमा सदनमा प्रस्ताव लैजान सर्वपक्षीय समिति गठन गरिएकाे छ।

समितिमा नेपाली कांग्रेसबाट पदमबहादुर शाही, नेकपा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल तथा चक्र मल्ल, नेकपा माओवादी केन्द्रबाट मानबहादुर धामी, नागरिक उन्मुक्ति पार्टीबाट इन्दिरा गिरी, नेकपा एकीकृत समाजवादीबाट नरेशबहादुर शाही, राप्रपाका खीमादेवी बिष्ट र स्वतन्त्र सांसद डा.तारा जोशी छन्।

सहमतिसँगै आइतबार नै प्रदेश सभा बैठक सञ्चालन भएकाे छ। अनावश्यक नियुक्तिहरू खारेज गरेर खर्च कटौती गर्नुपर्ने तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीको आर्थिक लेनदेनको अडियो प्रकरणमा छानबिन हुनुपर्ने माग गर्दै प्रतिपक्षी दलले प्रदेश सभाको अधिवेशनमा लगातार विरोध गर्दै आएका थिए।

समितिले तत्कालीन मन्त्री चौधरीको आर्थिक लेनदेनसँग सम्बन्धित अडियो छानबिनका लागि अख्तियार, सार्वजनिक लेखा समिति, राष्ट्रिय सतर्कता केन्द्रलगायत निकायलाई लेखिपठाउने प्रस्ताव तयार पार्ने र उक्त प्रस्ताव सदनबाट पारित गर्ने सहमति भएको हो।

आर्थिक लेनदेनसँग सम्बन्धित अडियो सार्वजनिक भएपछि चौधरीले मन्त्री पदबाट गत चैत १६ गते राजीनामा दिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?