सम्पादकीय

अस्वीकार्य अभिव्यक्ति

अस्वीकार्य अभिव्यक्ति
+
-

संविधानका नाममा शपथ खाएर मुलुकको कार्यकारी प्रमुख बनेको व्यक्तिबाट हरेक मुद्दा, अभिव्यक्ति, व्यवहार र निर्णयमा पूर्ण जवाफदेहिता अपेक्षा गरिन्छ।

प्रधानमन्त्री केपी शर्मा ओली यस अर्थमा पूर्णतया र निकृष्ट रुपमा अवज्ञाकारी सावित भएका छन्। शान्तिपूर्ण भेला र अभिव्यक्तिको अधिकारलाई चुनौती दिँदै आफ्ना कार्यकर्तालाई उनीहरूमाथि जाइलाग्न, प्रस्तावित सभाको दिन र क्षेत्रलाई कब्जा गर्न अनि फरक राजनीतिक मुद्दा बोकेकालाई ‘धूलोपीठो’ पार्न ओली उक्साइरहेका छन्।

राज्यको प्रशासनयन्त्र र सुरक्षा निकायसमक्ष समेत एउटा असहज परिस्थिति उत्पन्न भएको छ। प्रधानमन्त्रीको संविधान विपरीतको सनकसमक्ष झुक्ने, दासत्व स्वीकार गर्दै उनको आदेश मान्ने या संविधानको भावना र अक्षरको कसीमा त्यसलाई जाँच्ने? यो असहज प्रश्नले सम्भवतः एमाले नेतृत्वगण र विवेकशील ‘काडर’लाई समेत चुनौती दिएको छ।

पार्टी संगठन नीति र सिद्धान्तमा चल्ने गर्छ, तर त्योभन्दा बाहिर हिंसामा लिप्त हुन आएको आदेशबारे के गर्ने?

शेरबहादुर देउवा र उनको नेपाली कांग्रेसमा प्रजातन्त्रको मूल्य र मान्यताप्रति लेस मात्र पनि विश्वास नरहेको प्रमाण हो यो। १५ महिनापछि सत्ता आउला आफ्नो नेतृत्वमा भन्ने लोभमा फरक मतलाई ‘धूलोपीठो’ पार्ने आशयमा मौन बस्नु त्यसको अनुमोदन हो।

तानाशाही र गैरप्रजातान्त्रिक यी अभिव्यक्ति र व्यवहार स्वीकार्य छैनन्, हुनु हुँदैन।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…