अधिकार प्रत्यायोजना कसैलेपनि कन्जुस्याइँ गर्न हुँदैन: मुख्यमन्त्री आचार्य

अधिकार प्रत्यायोजना कसैलेपनि कन्जुस्याइँ गर्न हुँदैन: मुख्यमन्त्री आचार्य
+
-

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सबलीकरण लागि संविधानले प्रदत्त गरेका अधिकार प्रदेशमा प्रत्यायोजन गर्न कसैले पनि कन्जुस्याइँ गर्न नहुने बताएका छन् ।

राप्ती उपत्यका देउखुरीमा सोमबार आयोजित राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यहरूबीचको समन्वय बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले संविधान प्रदत्त अधिकारमा संकुचन आउन नदिने गरी प्रदेशमा अधिकारको प्रत्यायोजन हुनुपर्ने धारणा व्यक्त गरे ।

‘संविधानले प्रदत्त गरेका जुन अधिकारहरू छन्, ती अधिकारहरू संघीय सरकार वा संघीय संसदबाट प्रत्यायोजन गर्नका लागि हाम्रो प्रदेशबाट निर्वाचित भएर गएका माननीयहरूको महत्वपूर्ण भूमिका आवश्यक छ भन्ने मैले बुझेको छु,’ उनले भने,’त्यो भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’´

संघीय सरकारले समानीकरण अनुदानको रकम नपठाउँदा प्रदेशले वित्तीय समस्या भोगिरहेको मुख्यमन्त्री आचार्यले बताए ।

‘गत वर्ष नै समानीकरण अनुदान वापतको ठूलो रकम आएन । जसले गर्दा अहिले पनि प्रदेशले वित्तीय संकट भोग्नुपरेको छ’ मुख्यमन्त्री आचार्यले भने,’संविधानले समानीकरण अनुदान सुनिश्चित गरेको छ । तर, यही विषयमा रकम कटौती हुने, नआउने जस्ता समस्याले प्रदेशले अघि बढाएका विकास निर्माणका योजनामा प्रभाव पारेको छ ।’

यस्तै, लुम्बिनी प्रदेशले कानून निर्माण र कार्यान्वयनलाई प्राथमिकतामा राखेर अघि बढेको र संघीय संसद तथा प्रदेश सभा सदस्यहरूबीच कानुन निर्माण, कार्यान्वयन लगायत संसदीय अभ्यासको प्रभावकारिताका लागि निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको पनि उनले स्पष्ट पारे ।

सभामुख तुलाराम घर्ती मगरको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे, लुम्बिनी प्रदेशका मन्त्रीहरू, राष्ट्रिय सभा तथा प्रदेश सभाका सदस्यहरूको सहभागीता रहेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?