
धनगढी- बाजुरामा नेपाल टेलिकमकाे जीप दुर्घटना हुँदा प्रमुखसहित तीन जनाकाे मृत्यु भएकाे छ ।
मंगलबार बिहान जगन्नाथ गाउँपालिका- २ काे काँडाकोटमा नेपाल टेलिकमकाे बा ५ च २२०९ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाकाे घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ईकवाल हवारीका अनुसार दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र जीपमा सवार रविन्द्र धामीकाे मृत्यु भएकाे हाे ।
उनकाअनुसार तीनै जनाकाे घटना स्थलमा मृत्यु भएकाे हाे भने जिपमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा रहेका छन् ।
टेलिकमकाे जीप टावर मर्मतका लागि घटना भएकाे क्षेत्रमा पुगेकाे प्रहरीले जनाएकाे छ।