
काठमाडौँ- राजावादीहरूको एउटा जुलुस मैतिदेवीबाट सुरु भएको छ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेतृत्व गरेको उक्त जुलुस मैतिदेवीबाट सुरु भएको हो। जुलुसको नेतृत्वमा ज्ञानेन्द्र शाही पनि छन्।
राजावादीहरूले आज काठमाडौँका विभिन्न ७ ठाउँबाट जुसुस निकाली आन्दोलन गर्दैछन्। जसअनुसार कमल थापा र नवराज सुवेदीले नेतृत्व गरेको जुलुस सिफलबाट हिँडेको छ।
विभिन्न ठाउँबाट निस्किएको जुलुस रत्नपार्कमा गएर वृहत आन्दोलनमा परिणत हुने बताइएको छ।
थप तस्बिरहरू: