
काठमाडौँ – राजसंस्था पुनःस्थापनाको माग गर्दै राजसंस्था पक्षधरहरूको जुलुस विभिन्न ठाउँबाट रत्नपार्क आउन थालेको छ।
काठमाडौँका विभिन्न सात स्थानबाट निस्किएका जुलुस रत्नपार्क पुगेर एकैठाउँमा मिसिने क्रम जारी छ।
राप्रपा अध्यक्ष राजेन्द् लिङ्देनसहित राजसंस्था पक्षधर नेताहरूले जुलुसको नेतृत्व गरेका थिए।
उनीहरूले आजदेखि हिन्दु राष्ट्रसहितको राजसंस्था पुनःस्थापनाका लागि जनआन्दोलन सुरु गरेका हुन्।
राजसंस्था पक्षधरको आन्दोलनलाई लक्षित गर्दै काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ।