
काठमाडौँ – राजसंस्था पक्षधरहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन्।
आन्दोलनको पहिलो दिन बिहीबार काठमाडौँको रत्नपार्कमा प्रदर्शन गरेका उनीहरूले शुक्रबार माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन्।
उनीहरुले राजतन्त्रको पुनःस्थापना र हिन्दु राष्ट्र कायम हुनुपर्ने मागसहित आन्दोलन सुरु गरेका हुन्।
आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापालगायत राजसंस्था पक्षधर नेताहरू सहभागी भएका छन्।
आन्दोलनको अनुगमनका लागि राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि पनि खटिएका छन्।