
कंगना रनौतको चलचित्र ‘मणिकर्णिका: द क्वीन अफ झांसी’ को टीजर रिलीज भएको छ । गान्धी जयन्तीको विशेष अवसरमा यसको टीजर रिलीज भएको हो । यो चलचित्र २०१९ को २५ जनवरीमा सिनेमाघरहरुमा रिलीज हुनेछ ।
टीजरमा एक्शनको फुल डोज
टीजरमा कंगना रनौतको जबरदस्त एक्शन अवतार देख्न पाइएको छ । दुई मिनेटको टीजरको सुरुवात अमिताभ बच्चनको आवाजबाट भएको छ ।
उनी भन्छन्, ‘भारत वर्ष महान सभ्यता जहाँ माटोमा सुन थियो । दिलको ढोका हरेक व्यक्तिका लागि खुला थियो । एक दिन त्यही दिलको ढोकाबाट घुसेर आए केही क्रुर शैतानहरु । त्यतीबेला यो माटोमा गर्भका साथ उठेर खडा भइन् मणिकर्णिका ।’
टीजरमा कंगना रानी झांसी को भूमिकामा एक्शनदेखि लिएर शानदार रुपमा घोडामा सवार हुँदै युद्धमैदानमा अंग्रेजहरुका विरुद्ध लडाइ गरेको देखिन्छ ।
यो भन्दा पहिले आशुतोष गोवारिकरको निर्देशनमा बनेको आमिर खानको बहुचर्चित चलचित्र लगान मा पनि अमिताभ बच्चनको आवाज प्रयोग गरिएको थियो ।