
काठमाडाैँ – एचएच बजाजले आफ्नो कार्यलाई थपबढाउँदै पूर्ण सुविधासहितको नयाँशोरुम “एन के मोटर्स“, चितवनको हाकिमचोकमा संचालनमा ल्याएको छ ।
नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड मध्येको एक, हंशराज हुलास चन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड ,बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो ।
एचएच बजाज आफ्ना ग्राहकहरुकालागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको छ ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउनेछ । एचएच बजाजले कँहिकतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको जनाएकाे छ ।