
काठमाडौँ – राजसंस्था पक्षधरको आन्दोलनका क्रममा नेपालको राष्ट्रिय झण्डा बोकेकाहरूलाई प्रहरीले रोकेको छ।
राजसंस्था पक्षधरहरूले आइतबार काठमाडौँको नारायणचौरमा प्रदर्शन गरेका थिए। त्यसक्रममा राष्ट्रिय झण्डा बोकेर अघि बढ्न खोज्नेहरूको प्रहरीले बाटो छेकेको हो।
आन्दोलनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। यस्तै, प्रहरीको लाठीचार्जबाट केही व्यक्ति घाइतेसमेत भएका छन्।