कैलालीकाे गाैरीगंगामा आगलागीमा परी एक ज्येष्ठ नागरिककाे मृत्यु

कैलालीकाे गाैरीगंगामा आगलागीमा परी एक ज्येष्ठ नागरिककाे मृत्यु
+
-

 

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका- १० जवलपुरमा सोमबार बिहान भएको आगलागीमा परी एक ज्येष्ठ नागरिककाे जलेर मृत्यु भएको छ ।

राति करिब २:१० बजे अनिल चौधरीको दुईतले काठको गोठमा आगलागी भएको हो। गोठको माथिल्लो तल्लामा सुतिरहेका उनका ७२ वर्षीय बुबा कुक्रु डगौरा थारुको घटनास्थलमै जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।

आगलागीको सूचना पाएलगत्तै राति ३ बजे प्रहरी नायब निरीक्षक खेमराज पन्तको नेतृत्वमा पाँच जनाको प्रहरी टोली घटनास्थलतर्फ परिचालित भएको थियो।

टोलीले घटनास्थलमा पुगेर करिब आधा घण्टा पछि आगो नियन्त्रणमा लिएको जानकारी मालाखेती ईप्रका प्रमुख डिएस्पी रणबहादुर चन्दले दिए ।

प्रहरीका अनुसार आगलागीबाट अन्य चौपायामा भने कुनै क्षति भएको छैन। आगलागीको कारण खुल्न बाँकी रहेकाले थप अनुसन्धानका लागि ईप्रका मालाखेतीबाट प्रहरी निरीक्षकको कमाण्डमा थप टोली खटाइएको छ।

मृतकको शव पोष्टमार्टमका लागि तयारी भइरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?