विपन्न समुदायलाई लक्षित गर्दै मोरङमा २ सय शैय्याको अस्पताल सञ्चालनमा आउँदै

विपन्न समुदायलाई लक्षित गर्दै मोरङमा २ सय शैय्याको अस्पताल सञ्चालनमा आउँदै
+
-

मोरङ- निम्न तथा विपन्न समुदायलाई लक्षित गर्दै मोरङको कटहरी गाउँपालिकामा २ सय शैय्याको अस्पताल सञ्चालनमा आउँदै छ ।

ग्रामीण क्षेत्रका नागरिकको आर्थिक पक्ष सबल बनाउने काम गर्दै आएको जीवन विकास समाजले सुविधासम्पन्न अस्पतालबाट नागरिकलाई सहुलीयत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनका अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिए ।

आउने शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको उद्घाटन गर्ने बताउँदै अध्यक्ष मण्डलले अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सक टोलीसहित सेवा प्रवाह गर्ने अस्पतालको पूर्वाधार तयार भइसकेको उल्लेख गरे ।

जीवन विकास समाजका संस्थापक समेत रहेका मण्डलले आम नागरिकको स्वास्थ्य उपचारसँगै सहज सेवा प्रदान गर्ने मुख्य जिम्मेवारी रहेका बताए । २०५४ सालमा मोरङको अमाहीवरियातीमा समाजले २४ घण्टा स्वास्थ्य क्लिनिक सेवा सुरु गरेको थियो ।

उनले भने, ‘हामीले सबै नागरिकलाई सहज स्वास्थ्य सेवा दिने प्रतिवद्धता गरेकाछौ । दक्ष चिकित्सक, कर्मचारीसहित सुविधा सम्पन्न अस्पताल निर्माण अघि समाजले २५ वर्षअघि २४ घण्टे क्लिनिक सुरु गरेको थियो । त्यसपछि समाजले सामाजिक स्वास्थ्य केन्द्र सुरु गरेको थियो।’

अध्यक्ष मण्डलका अनुसार सेवा प्रवाहका लागि विषेशज्ञ चिकित्सकसहित २ सय जनशक्ति रहेकाछन्। मण्डल मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभासदस्य समेत रहेकाछन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?