आगलागीबाट ध्वस्त बाम्कामा पर्यटन मन्त्री पाण्डे

तत्काल राहत र पुनर्स्थापनाका लागि पहल गर्ने प्रतिवद्धता

तत्काल राहत र पुनर्स्थापनाका लागि पहल गर्ने प्रतिवद्धता
+
-

धनगढी– आगलागीबाट ध्वस्त भएको बाजुराको बाम्का बजारको अनुगमनमा पर्यटनमन्त्री बद्री पाण्डे पुगेका छन्।

शुक्रबार दिउँसाे आगलागीकाे घटना सुन्ने बित्तिकै बेलुका नै पर्यटन मन्त्री पाण्डे काठमाडौँबाट बाजुरा प्रस्थान गरेका थिए। शनिबार बिहान मन्त्री पाण्डे घटनास्थल पुगेका थिए।

घटनाप्रति उनले दु:ख व्यक्त गर्दै तत्काल राहात र पुनर्स्थापनाका लागि पहल गर्ने बताएका छन्। तीनै तहका सरकारकाे समन्वयमा पीडितकाे घाउमा मलम लगाउने मन्त्री पाण्डको प्रतिवद्धता छ।

स्थलगत अनुगमन लगत्तै सदरमुकाम मार्तडी पुगेर मन्त्री पाण्डेले सराेकारवाला सरकारी निकायकाे बैठक राखेर राहत र पुनर्स्थापनामा तत्काल जुटन निर्देशन दिएका छन्।

शुक्रबार दिउँसाे बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा भएकाे आगलागीमा ३५ पसल जलेर नष्ट भएका छन्।

बाजुराकाे एक मुख्य ब्यापारिक बजारका रुपमा रहेको बाम्का बजारकाे नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?