
धनगढी– बाजुराको बाम्का बजारका आगलागी पीडितलाई गैर आवासिय नेपाली संघ (एनआरएनए)ले पाँच लाख सहयाेग गर्ने घाेषणा गरेकाे छ।
बुढीगंगा नगरपालिकाका पूर्व नगरप्रमुख दिपकबिक्रम शाहका अनुसार नेपाली जन सम्पर्क समिति, अमेरिकाका सभापति आनन्द बिष्टको पहलमा बाम्का बजारको आगलागी पीडितलाई तत्काल राहत स्वरुप पाँच लाख उपलब्ध गराउने निर्णय एनआरएनएले गरेकाे छ।
शुक्रबार दिउँसाे बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा भएकाे आगलागीमा ३५ पसल जलेर नष्ट भएका थिए ।