चलचित्र समीक्षा

कथा काठमाडौँ : तीन कथाको सम्बन्ध संयोगले मात्रै

कथा काठमाडौँ : तीन कथाको सम्बन्ध संयोगले मात्रै
+
-

सपनाका आयतनको सीमा हुँदैन, कहाँबाट सुरु हुन्छन् र कति परसम्म फैलिन्छन्, कहाँ पुग्छन् र कसरी टुंगिन्छन्, त्यसको पत्तो हुँदैन। यस्तै सपनाको कथा हो, ‘कथा काठमाडौँ’। झलक्क झल्केको काठमाडौँको पर्दा पछाडि लुकेको कथा हो, ‘कथा काठमाडौँ’।

पढेर ठूलो मान्छे बन्ने, करियर बनाउने, पैसा कमाउने, बिजनेश गर्ने रहर अनि सपनालाई पूरा गर्न हिँडेको बाटोको यात्रा हो, जहाँ कुनै बाटोहरु अन्धकार खाडलमा गएर टुंगिन्छन्। अथवा सप्रेर फैलन्छन्।

मनमा उब्जेका अनगिन्ति रहरको शहरका गल्ली, चोकमा रुमलिएको कथा र व्यथाको प्रस्तुति कथा काठमाडौँ टेलिभिजनमा छोटा चलचित्र बनाएकी संगीताको डेब्यु निर्देशनमा बनेको चलचित्र हो। उनी आफैले यसको कथा लेखेकी हुन्। चलचित्र शुक्रबारदेखि प्रदर्शनमा आएको छ।

कथा काठमाडौँको कथा


कथाका काठमाडौँका तीन भिन्न कथा अनि ६ मुख्य पात्र छन्। यी तीनै कथा एक भन्दा अर्कोसँग एकदमै फरक परिवेश र विषय बस्तु बोकेका छन्। यी तीनबिच संयोगलेमात्र सम्बन्ध बनेको छ।

काठमाडौँमा देखिने रंगिन संसारको झलमलबाट चलचित्र सुरु हुन्छ। जवानीमा रमेकी र त्यसैको आडमा पैसा कमाएकी युवति नोरा, जसको पात्र नायिका प्रियांका कार्कीले निभाएकी छन्। अनि उनको यौवनको रसमा एश गर्ने सौरभ। कलाकार प्रमोद अग्रहरी–जो पैसाका लागि लागु औषध र देश व्यापारमा लागेका छन्। नोरालाई प्रेमिका बनाएका सौरभ । उनको फाइदा उठाइरहेका हुन्छन्।

दोस्रो कथा हो गाउँबाट शहर आएका युवा युवतीको, जसले शहरको वातावरणमा राम्ररी नभिज्दा अनावश्यक दुख पाउँने युवायुवतीको पीडालाई देखाएको छ। काब्याको भूमिकामा देखिएकी सन्ध्यालाई भोगाइले बलियो बनेको देखाइएको छ भने राकेशलाई कायर जसको उपचार कायरा पात्रले गरेको छ।

तेस्रो कथा जीवन मरणको साँधमा प्रेमको आदानप्रदान। जसमा मुटु रोगको उपचारको लागि काठमाडौँ आएका दुई युवा युवति जसको अस्पतालमा उपचार गर्दागर्दै माया बस्छ। जो एक अर्काको खुशीमा नै भएको जीवनको आनन्द लिन्छन्। मुटु रोगले जीवन सकिनै लागेका आयुश– आयुशमान दृशराज जोशी, शिखाको खुशीको लागि मरिमेट्छन्।

….

फिचर्ड चलचित्रमा तीनवटा भिन्न कथा प्रस्तुत गरिएको छ, जसले कथाले लामो समय लिएको अनुभव हुँदैन। छोटा छोटा कथाहरुको संगम भएकोले दर्शकले धेरै तरिकाको स्वाद चाख्न पाउँछन्। तीन भिन्न कथामा उठान गरिएका विषयवस्तु सान्दर्भिक त छन् नै यसको प्रस्तुति पनि बेजोडको छ।

ग्ल्यामर वर्ल्डको कथालाई प्रस्तुत गरेका प्रियंका कार्की र प्रमोद अग्रहरीको अभिनयको तारिफ नै गर्नुपर्छ। नशाको मातमा परेकी प्रियंकाले आफ्नो बाध्यताको जीवनलाई न्याय गरेर पस्केकी छन् र उनी जस्तै युवतिको फाइदा उठाउनेको भूमिकामा प्रमोदको अभिनय सुहाएको छ।

दोस्रो कथामा उठाउन खोजिएको कथावस्तु अहिलेको बसाइसराईको सँस्कृतिसँग जोडिएको छ। गाउँ छोडेर शहर आएका युवाहरुको मनोविज्ञान, उनीहरुलाई घुलमिल हुनलाई सामाना गर्नुपर्ने अनुपयुक्त व्यवहार र त्यसबाट माथि उत्रिनलाई गरिएको प्रयासलाई चित्रण गरिएको राम्रो छ।

यस्तै तेस्रो कथा भनेको निस्वार्थ प्रेमको कथा हो। जहाँ सकिनै लागको जिन्दगीमा मायाले पोतेको रंगको सुन्दरता छ। जहाँ अस्पातालमा जीवन मरणको संघर्षमा बसेका दुई युवाले एक अर्काको खुशीको लागि गर्ने मरिमेटेका छन्। यहाँ जीवनसँग गर्नुपर्ने आशा, बिरामीलाई चाहिने हौसलाको कथा छन्। यो प्रेमले काठमाडौँको व्यस्ततामा हराएको स्नेहलाई ब्युताउँछ।

तर चलचित्र वाह…. भन्ने खालको भने छैन। तीन कथा एकै नाममा जोडिएका त छन् तर यी तीन एक अर्कासँग झिने रुपमा सम्बन्धित छन्। कथा जति उत्साहको साथ सुरु हुन्छ, त्यति सम्झनामा नाँच्ने खालको भने छैन। लागुऔषध दुर्व्यसनमा फसेकी नोराको पारिवारिक कथा अनि उनले आफूमाथि भएको अत्याचारको अन्त्य गरेका घटना गहकिला छैनन् र नोराको कथा टुंगिने प्रसंग पनि त्यस्तै।

दोस्रो कथाले गाउँबाट शहर आएका युवाको कथा त बोकेको छ तर बलियो पात्रमा उभिएकी काव्या सारै बलियो र कमजोर बनेका राकेश सारै नै निर्धो देखिँदा अभिनय अलि असामान्य लाग्छ।

तेस्रो कथाले सुरुवात जस्तै अन्त्यमा दर्शकको मनलाई चिसो त बनाउँछ तर कुनै कुनै अभिनय मात्र देखाउनको लागिमात्र गरिएको जस्तो लाग्छ।

एउटै चलचित्रमा तीन कथा भए पनि ती फरक छन् त्यसलाई जोड्नमा निर्देशक सफल देखिन्नन्। केही असामान्य दृश्य छन्, केहि अविस्वसनीय। हामीले देखेको जानेको कथालाई टपक्क टिपेरक कथाकारले प्रस्तुत गरिएको हुनाले दर्शकले इन्जोए त गर्छन् त नौलो अनुभूति गर्दैनन्।

तर हेरिरहेका चलचित्रको भन्दा फरक स्वाद भने दर्शकले चाख्न पाउछन्। कथा काठमाडौँको गीतमा देखाइएको एक दृश्यले जति कुराकानीमा असहजताको नाम कमायो चलचित्र भित्र त्यस्तो लाग्दैन।

चलचित्र हेर्दै गर्दा अब के होला भन्ने कौतुहलता, उत्साह, हाँसो, रोदन, आङ् सिरिङ्ग पार्ने दृश्यले दर्शकलाई सबा दुई घण्टाको समयभर रोमाञ्चित भने बनाउँछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?