खुकुरी प्रहार गरी भागेकालाई पक्राउ गर्दा कैलालीमा गोली चल्यो

खुकुरी प्रहार गरी भागेकालाई पक्राउ गर्दा कैलालीमा गोली चल्यो
+
-

धनगढी –फरार अभियुक्तलाई पक्राउ गर्न खोज्दा भागेपछि उनीहरुलाई पक्राउ गर्न कैलाली प्रहरीले गोली चलाएको छ। भजनी नगरपालिका–७ मा गोली चलेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) राजकुमार सिंहले बिहीबार दिउँसो भजनी नगरपालिकामा गोली चलेको पुष्टि गरे।
उनकाअनुसार टीकापुरमा गत जेठ १५ गते स्थानीय टेकेन्द्र सिंह विष्टमाथि खुकुरी प्रहार भएको घटनामा कैलारी गाउँपालिका–२ को शिवरत्नपुरबाट दुई जनालाई पक्राउ गरिएको थियो।

भजनी क्षेत्रमा पुग्दा उनीहरु भाग्न खोजेपछि प्रहरीले गोली चलाउनु परेको डिएसपी सिंहले बताए। गोली प्रहार गरेर दुवै जनालाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएकामा टीकापुरका रिदम ढंगाना र मिलन चन्द रहेका छन्।

उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर र दुई वटा गोली प्रहार गर्नुपरेको जनाएको छ। गोली प्रहारबाट दुवै जनाको घुडामुनी चोट लागेको छ। उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?