
काठमाडौं- तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईँसहितका अभियुक्तहरूको बिहीबार सम्पन्न थुनछेक बहसपछि राति ११ बजेसम्म पनि आदेश आएको छैन।
दुर्गा प्रसाईँसहित राजसंस्था पक्षधरका समर्थकहरू जिल्ला अदालत क्षेत्रमा बसेर आदेशको प्रतीक्षा गरिरहेका छन्। राति ११ बजेसम्म पनि आदेश नआउँदा उनीहरू आजित देखिएका छन्।
आक्रोशित र आजित भएका उनीहरूले काठमाडौँ जिल्ला अदालतमा नाराबाजी गरेका छन्। नाराबाजी गर्ने क्रममा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ।
दुर्गा प्रसाईंसहितका प्रतिवादीहरूविरुद्धको थुनछेक बहस बिहीबार साँझ सकिएको हो।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा १० दिनदेखि निरन्तर थुनछेक बहस भएको थियो।
तस्बिरहरू: