
काठमाडौँ- तीनकुने घटनामा पक्राउ परेका व्यक्तिहरूको थुनछेक बहसपछि मध्यरात १२ बजेपछि आदेश जारी भएपछि अबेर रातिसम्म पनि प्रक्रियाका लागि काठमाडौँ जिल्ला अदालत खुला रह्यो।
गत चैत १५ तिनकुनेमा भएको घटनामा अदालतको आदेशअनुसार दुर्गा प्रसाईसहित सात जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ भने ३२ जनालाई धरौटी जमानतमा रिहा गरिएको छ।
धरौटीमा छुटेकाहरू धरौटी जम्मा गरेर छुट्दा राति २ बजेको थियो। छुटेकाहरू कतिपयलाई स्वागतमा खादा र माला लगाइदिनेहरू पनि थिए रातिसम्मै।
अदालत परिसर बाहिर प्रसाईका समर्थक र धरौटीमा छुटेका व्यक्तिहरूको चहलपहल बाक्लो थियो अबेरसम्मै देखिएको थियो।
तस्बिरहरूः