विवादमा प्रदेशसभाको निर्णय

राजधानी प्रकरणमा ‘जंगल माफिया’ को नयाँ विवाद

राजधानी प्रकरणमा ‘जंगल माफिया’ को नयाँ विवाद
+
-

काठमाडौँ – सुदूरपश्चिम प्रदेशको राजधानी विवाद चर्कदै गर्दा घटनाले नयाँ मोड लिएको छ । प्रतिपक्षी कांग्रेसले नेपाल कम्युनिष्ट पार्टीका नेता लेखराज भट्ट सहितको संलग्नतामा जंगल मासेर राजधानी निमार्ण गर्न लागेको आरोप लगाएको छ ।

कांग्रेसले सत्तापक्षको साथ र सहयोगमा भूमाफिया तथा वन तस्करहरुको मनोबल बढ्न थालेको दाबी पनि गरेको छ ।

राजधानीका लागी निर्णय गरिएको गोदावरीको जंगल क्षेत्र । तस्बिर : दिनेश ठकुल्ला /देश सञ्चार ।

जंगल मासेर राजधानी बनाउन थालेको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभामा सदन चल्न नदिएर यसको विरोध जनाइरहको छ भने राजधानीको दाबी गरेका शहर दीपायल र धनगढी स्थानीयको आन्दोलनका कारण अशान्त छन् ।

नेपालमा एकीकरण हुनुभन्दा पहिले र त्यसपछि (श्री ५ को सरकारले तोकेको क्षेत्रीय सदरमुकामसम्म) एक शक्तिकेन्द्रका रुपमा रहेको इतिहास बोकेको दीपायलले राजधानीको दाबी छाडेको छैन ।

चुनाव नतिजापछि कामचलाउको हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अस्थायी मुकाम धनगढीलाई तोक्यो । त्यसको विरोधमा दीपायलमा आन्दोलन उग्र भइरहेकै बखत नेकपाका नेता लेखराज भट्टले दीपालयले राजधानी थेग्न नसक्ने अभिव्यक्ति दिए । यो अभिव्यक्तिपछि दीपायलमा उनको पुत्ला जल्न थालेको छ ।

दीपायलले विरोध गरिरहे पनि अस्थायी मुकाम तोकिएको धनगढीमा अर्बाैँ रकम खर्चेर प्रदेशसभा र प्रदेश सरकारका लागि संरचनाहरु तयार हुँदै गएका बेला अहिले संविधानमा भएको व्यवस्था बमोजिम प्रदेशसभाको दुई तिहाई बहुमतले स्थायी राजधानी गोदावरीको जंगल क्षेत्रमा रहने निर्णय गरेको छ ।

तर यो निर्णय प्रदेशका लागि कुनै पनि ढंगले हितकर नभएको कांग्रेसका सांसद कर्ण मल्लले बताए ।

‘हामीले आवाज उठाउँदा उठाउँदै पनि दुई तिहाईको दम्भ देखाएर जंगलमा राजधानी राख्ने निर्णय भएको छ, हामीले दर्ता गराएको संशोधनको प्रस्तावमाथि पनि छलफल गरिएन,’ मल्लले भने ‘राजधानी रहने भनिएको ठाउँका स्थानीय सरोकारवालाहरुसँग पनि छलफल भएको छैन, कुनै एक नेताको चाहनामा भएको राजधानीको निर्णय प्रदेशका आम जनताको पक्षमा छैन ।’

उनले प्रदेश सरकार र प्रदेशसभा सञ्चालनका लागि धनगढीमा ठूलो लगानी भइसकेको तर्फ पनि सत्तापक्षले ध्यान नदिएको आरोप लगाए ।

‘अन्य धेरै विकल्प भएर पनि किन जंगल क्षेत्र नै राजधानीका लागि रोजियो ? के यो निर्णयले वन माफियाहरुलाई सहयोग गरेको होइन ?’ उनले प्रश्न गरे।

गत वर्षको चैत महिनामा पनि नेता लेखराज भट्टले धनगढी, गोदावरी र गौरीगंगा नगरपालिकासहितका नगर प्रमुख र नगर विकास समितिका अध्यक्षहरुलाई अत्तरिया स्थित आफ्नै घरमा बोलाएर अत्तरिया क्षेत्रमा राजधानीका लागि जग्गा खोज्न निर्देशन दिएको कुरा बाहिर आएको थियो ।
उक्त बैठकमा सहभागी एक नेता भन्छन् ‘लेखराज जी ले अत्तरिया वरपरका चार वटा स्थानको जग्गाको विकल्प दिएर एउटामा सहमति गर्न निर्देशन दिनुभएको थियो, अहिले राजधानी तोकिएको स्थान पनि उहाँले नै दिएको चार विकल्प मध्येको एक हो ।’ नेता लेखराज भट्टले सुरुदेखि नै गोदावरीका लागि लविङ गरेको उनी बताउँछन् ।

जंगल फडानीबारे विवाद भइरहेको बेला त्यस ठाउँमा ठूला रुखहरु नभएको र ससाना बुट्यानहरु मात्रै रहेको तर्क राजधानी सिफारीस गर्न गठित समितिका सदस्यहरुले दिइरहेका छन् । घना वनक्षेत्र रहेको जंगलमा ठूला रुखहरु छैनन् भनेर तर्क दिएपछि उक्त समिति पनि आलोचनाको शिकार भइरहेको छ ।

तर राजधानी कहाँ राख्ने भन्ने निर्णय गर्ने अधिकार संविधानले प्रदेशसभालाई दिएको छ । समग्र प्रदेशभरी अथवा गोदावरी नगरपालिकाभित्रै राख्ने भए पनि पर्याप्त ठाउँमा खाली जग्गा हुँदाहुँदै वन फडानी गरेरै राजधानी बनाउन खोज्नुका पछाडिको नियतबारे त्यहाँ आम चर्चा भइरहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?