उपमहानगरपालिकाले गरिदियो ‘ग’ वर्गका अपाङ्गताको बिमा

उपमहानगरपालिकाले गरिदियो ‘ग’ वर्गका अपाङ्गताको बिमा
+
-

नेपालगन्ज  – नेपालगन्ज उपमहानगरपालिकाले ‘ग’ वर्गका अपाङ्गताको बिमा गरिदिएको छ। नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, उपमेयर एवं अपाङ्गता समन्वय समितिका संयोजक कमरुद्विन राई, स्वास्थ्य बिमा बोर्डका जिल्ला संयोजक रमेश आचार्य, महिला तथा जेष्ठ नागरिक शाखाका प्रमुख पवित्राकुमारी पुरी, आशाकुमारी शाहीले ग वर्गका अपाङ्गता भएका व्यक्तिलाई बिमा कार्ड वितरण गरेर बिमाको सुरुवात गरेका थिए। अहिले कार्ड दिएपनि उपचार सेवा भदौदेखि लागु हुने बताइएको छ।

सरकारले क र ख वर्गका अपाङ्गता भएका व्यक्तिको बिमादेखि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको छ। सेवा सुविधाबाट बन्चित रहेका ग वर्गका अपाङ्गता भएका व्यक्तिलाई नेपालगन्ज उपमहानगरपालिकाले बिमा जोडेको छ। उनीहरुको बिमाको रकम उपमहानगरपालिकाले तिरिदिनेछ। ग वर्गका अपाङ्गताको बिमा गरिएको लुम्बिनी प्रदेशमा पहिलो भएको सम्बद्घले दावी गरेका छन्।

सो अवसरमा मेयर विष्टले अपाङ्गता भएका व्यक्तिलाई अझ बढी सेवा सुविधा दिन उपमहानगरपालिका लागिपरेको बताए। उनले अलबिनो भएका व्यक्तिकोसमेत बिमा गरिदिने खुलाए।

उपमेयर राईले प्रत्येक वर्ष नै बिमा गर्दै जाने बताए। उपमहागरपालिकाले गरिदिएको बिमा कार्ड लिएर सरकारी अस्पतालमा जादा १० प्रतिशत र निजी अस्पतालमा गएमा २० प्रतिशत रकम बिमितले तिर्नुपर्ने नियम  छ। नेपालगन्जमा अहिले कार्ड लिएका १ सय ९२ जना ग वर्गका अपाङ्गता भएका व्यक्ति रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?