सुदूरपश्चिममा प्रदेशमा आगामी आर्थिक वर्षमा दुई सयभन्दा बढी मठमन्दिर बन्दै

सुदूरपश्चिममा प्रदेशमा आगामी आर्थिक वर्षमा दुई सयभन्दा बढी मठमन्दिर बन्दै
+
-

धनगढी – सुदूरपश्चिम प्रदेशमा आगामी आर्थिक बर्ष २०८२/८३ मा दुई सयभन्दा बढी धार्मिक संस्था बनाईने भएका छन्। प्रदेश संरचना लागू भई प्रदेश सरकार बनेको पहिलो कार्यकाल देखि नै बार्षिक करोडौ रुपैयाँ मठ मन्दिरका नाममा खर्च हुने गरेको भन्दै आलोचना हुने गरेको भए पनि यसमा सुधार हुन सकेको छैन।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को असार १ गते सार्वजनिक गरेको बजेटमा मठमन्दिर, चर्चलगायत धार्मिक संरचना निर्माणका योजनामा ठूलो बजेट विनियोजन गरेको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेता–कार्यकर्ता खुशी पार्न करोडौँ रकम मठ मन्दिरका नाममा विनियोजन गरेको हो। सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा गरी मठमन्दिर, चर्च निर्माणका दुई सय चार वटा योजनामा ३२ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

मठ मन्दिरका लागि २ लाख देखि अधिकांश योजनामा १० लाख बजेट छुट्याईएको छ। सुदूरपश्चिमलाई देवभूमि भन्ने गरिएको भएपनि यसरी व्यक्ति केन्द्रीत र कार्यकर्तामुखी भएर मठमन्दिरका लागि छुट्याएका योजनाबाट पर्यटन प्रवद्र्धनमा कुनै योगदान नपुग्ने नाटा सुदूरपश्चिम प्रदेश अध्यक्ष पदमबिक्रम सिंहले बताए। उनले भने, ‘पर्यटनको विकासका लागि कुनै पलान नै छैन, बर्सेनि २९४ लाखका सयौ मन्दिर बनाएर बजेटको दुरुपयोग मात्र हो।’

सरकारले गत वर्षमात्र दुई सय २४ वटा मठमन्दिर र चर्चका योजनामा २४ करोड २९ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो। उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत प्रदेश पर्यटन विकास कार्यान्वयन इकाइ कैलालीले मठमन्दिर निर्माणका योजनाहरु कार्यान्वयन गर्ने गरेको छ।
आगामी आर्थिक बर्षको बजेटमा सामाजिक विकास मन्त्रालयअन्तर्गत समेत मन्दिर निर्माणका तीन वटा योजना राखिएका छन्।

मठमन्दिर निर्माणका लागि सबैभन्दा धेरै योजना र बजेट कैलालीमा छ। उद्दोग, पर्यटन, वन तथा वातावरण मन्त्री पनि कैलालीकै हुन। नागरिक उन्मुक्ति पार्टिबाट निर्वाचित भएर झ्ण्डै एक महिना अघि मात्र मन्त्री बनेका रामेश्वर चौधरीले पनि यश अघिका मन्त्रीहरु झै मठ मन्दिर निर्माणलाई प्राथमिकतामा राखेको बजेटले देखाएको छ। कैलालीमा मठमन्दिर र चर्चका ६६ वटा योजनामा १२ करोड २७ लाख रुपैयाँ विनियोजन गरेको छ। बर्दगोरिया गाउँपालिकामा मात्र तीन करोड ८४ लाख रुपैयाँ लागतका २१ वटा र लम्कीचुहा नगरपालिकामा तीन करोड १० लाख रुपैयाँ लागतका १४ वटा मठमन्दिर तथा चर्च निर्माणका योजना परेका छन्।

त्यस्तै बैतडीमा मठमन्दिर निर्माणका ३० वटा योजनामा पाँच करोड १८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। कञ्चनपुरमा २८ वटा मठमन्दिर र चर्च निर्माणका योजनामा तीन करोड २८ लाख बजेट छुट्याइएको छ।

अछाममा २१ वटा मठमन्दिर तथा चर्च निर्माणका योजनामा दुई करोड ९५ लाख, डोटीमा १८ वटा योजनामा तीन करोड ५० लाख र बझाङमा १५ वटा योजनामा एक करोड ४६ लाख बजेट राखिएको छ।

यसैगरी डडेल्धुरामा१३ वटा योजनामा एक करोड ६० लाख र दार्चुलामा ८ वटा मन्दिर निर्माणका योजनामा एक करोड ३५ लाख बजेट छुट्याइएको छ। मठमन्दिर निर्माणका सबैभन्दा कम बजेट र योजना भएको बाजुरामा पाँच वटा योेजनामा ६३ लाख रुपैयाँ बजेट छुट्याईएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?