कैलाली कारागार कैदी मृत्यु प्रकरण: सहायक प्रजिअकाे संयाेजकत्वमा छानबिन समिति

कैलाली कारागार कैदी मृत्यु प्रकरण: सहायक प्रजिअकाे संयाेजकत्वमा छानबिन समिति
+
-

धनगढी- कैलाली कारागारमा एक कैदी अचेत अवस्थामा भेटिएर उपचारको क्रममा मृत्यु भएकाे घटनाको सत्यतथ्य पत्ता लगाउन कैलालीका सहायक प्रजिअकाे संयाेजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी, जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार सिंह, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि, प्रहरी नायब निरीक्षक सुरेश बोहरा, प्रहरी सहायक हवलदार नरेश साउँद तथा डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लोकराज भट्ट सदस्य रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले उक्त समितिलाई सात दिनभित्र घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।

मृत्यु भएका व्यक्ति डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिश सिंह पाली हुन् । उनी बैंकिङ कसुर मुद्दामा १ असारमा पक्राउ परेका थिए। २ असारको राति उनी कारागारको बाथरुम नजिक अचेत अवस्थामा फेला परेपछि सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा सोही रात मृत्यु भएको हो।

मृतककाे पालीको शरीरमा चोटपटक देखिएको भन्दै पीडित परिवारले हत्या भएको आशंका गरेका छन्। घटनाको निष्पक्ष छानबिनको माग गर्दै उनीहरूले शव बुझ्न मानेका छैनन्। घटनाप्रति आक्रोशित परिवारजनले बुधबार डडेल्धुरामा राजमार्गसमेत अवरुद्ध गरेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?