
काठमाडौँ– सभामुख देवराज घिमिरेले बिहीबार पनि अवरोधकै बीचमा संसद् चलाइरहेका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै रास्वपा र राप्रपाले संसद् बैठक अवरुद्ध गरेको छ।
सभामुख घिमिरेले उनीहरूको कुरा नसुनेर संसद् चलाइरहेका छन्। अवरोधकोबीचमा संसद् चलाएको भन्दै राप्रपाले बैठक बहिष्कार गरेको छ।
रास्वपाले वेलको अगाडि प्रदर्शन गरिरहेको छ।
राप्रपाका सांसद् ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबनुञ्जेल संसद् बहिष्कार गर्ने चेतावनी दिएका छन्।

तस्बिर: वेल अगाडि बसेर बसेर रास्वपाका सांसदले विरोध गर्दै / बर्षा शाह