किसानले फाल्ने, राज्यले पाल्ने गौसंरक्षण (तस्बिरहरू)

किसानले फाल्ने, राज्यले पाल्ने गौसंरक्षण (तस्बिरहरू)
+
-

पोखरा– लस्करै गाई र गोरुको हूल। मादी नदी किनारको चउरमा अधिकांश चर्दै छन्। केहीलाई गोठमा बाँधिएको छ। बाच्छाबाच्छी रापिलो घाममा पनि दुगुर्दै बुर्कुसी मारिरहेका छन्।

तनहुँको व्यास नगरपालिका–१० भतेरीमा यतिधेरै संख्यामा देखिने गाई गोरु किसानले पालेका होइनन्। काम दिन छाडेपछि फालेका हुन्। दूध दिन छाडेका गाई र काम दिन नसक्ने गोरुलाई किसानले खेदेपछि व्यास नगरपालिकाले गौ संरक्षणमा ल्याएर आश्रय दिँदै आइरहेको छ।

गौसंरक्षण तथा सरसफाइ व्यवस्थापन केन्द्रका अध्यक्ष तुलसीराम सापकोटाका अनुसार अहिले गौसंरक्षण केन्द्रमा बाच्छा बाच्छिसहित १३५ गाईगोरु छन्।

‘दुध दिने बेलासम्म किसानहरुले पाल्छन्, खान्छन्। थुनोलो भएर बिग्र्यो, साँढे लिएन अथवा बुढो भयो भने अनुत्पादक भएपछि गौसंरक्षणमा ल्याएर छोड्छन्’, सापकोटा भन्छन्, ‘यहाँ आएपछि केही समयपछि गिद्धको आहारा बन्छन्। ’

किसानले अनुत्पादक ठानेर गौसंरक्षण ल्याउने विकासे जातका गाईको ४ हजार रुपैयाँ, स्थानीय जातका गाईको ३ र बाच्छाबाच्छीको २ हजार रुपैयाँ शुल्क तोकिएको छ।

शुल्क नलिँदाको तुलनामा शुल्क लिन थालेपछि किसानले कम गाईगोरु ल्याउन थालेका छन्। ‘गौसंरक्षणमा लगेर छोड्दा नि ४ हजार तिर्नपर्छ भनेपछि ल्याउने संख्या घट्याछ’, सापकोटाले सुनाए।

गौसंरक्षण केन्द्रमा किसानले छाडेका केही गाई दुहुनोसमेत छन्। तिनै गाईको दुध बेचेर गौसंरक्षण तथा सरसफाइ व्यवस्थापन केन्द्रले एक जना कर्मचारीसमेत राखेको छ।

गौसंरक्षण तथा सरसफाई व्यवस्थापन केन्द्रमा व्यास नगरपालिकाले तीन जना कर्मचारीको व्यवस्थापन गरिदिएको हो। ती कर्मचारीले गौसंरक्षणसँगै रहेर फोहोर मैला व्यवस्थापन केन्द्रमा कुहिने फोहोरलाई मल बनाउने काम गर्छन्।

भतेरीमा गौसंरक्षण केन्द्र बनेसँग गिद्धको संख्या बढेको छ। मरेका गाईगोरु आहारा भए पनि गिद्धको संख्या बढेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?