
कालो पहिरन र नीलो रिवनमा संसद बैठकमा सहभागी भएका रास्वपाका सांसदहरुले आज पनि संसदमा विरोध कायम गरेका छन्।
उनीहरूले विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोउत्तर कार्यक्रम कार्यसूचीबाट हटाएका छन् ।
त्यस्तै, सभामुख घिमिरेले अन्य कार्यसूची अगाडि बढाएपछि रास्वपाका सांसदहरुले संसद बैठक बहिस्कार गरेर बाहिरिएका छन् । यता, राप्रपाका सांसदहरुले पनि विरोध गरेर बहिस्कार गरेर बाहिरिएका हुन् ।
आजको बैठकमा संसद बैठकमा तीनकुने घटनापछि पक्राउ परेर धरौटीमा रिहा भएका राप्रपाका सांसद धवल शमशेर राणा पनि उपस्थित देखिन्छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिएपछि रास्वपा र राप्रपाका सांसदहरुले उनको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका छन् ।
तस्बिरहरू: