डाेटी जिप दुर्घटनामा मृतककाे संख्या तीन पुग्याे

डाेटी जिप दुर्घटनामा मृतककाे संख्या तीन पुग्याे
+
-

धनगढी- डाेटीको आदर्श गाउँपालिका–१ धौलामाटी जिप दुर्घटनामा घाइते थप एक जनाको मृत्यु भए संगै मृतकको संख्या तीन पुगेको छ भने पाँच जना घाइते भएका छन्।

शुक्रबार दिउँसो दिपायलबाट आदर्श गाउँपालिका वडा नं ७ दहकालिका जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १३९५ नम्बरको जिप अनियन्त्रित भई करिब २५० मिटर तल खसेर दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी जिप चालक आदर्श–७ दडिमाना २७ वर्षीय सुरेश कार्की र सायल–४ सुण्डकी ४१ वर्षीया हरुदेवी बिकको घटनास्थलमै मृत्यु भएको थियो भने सायल–६ कटुवाल गाउँकी ३५ वर्षीया गर्भवती काली कटुवालको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा मृत्यु भएको हाे।

त्यस्तै दुर्घटनामा आदर्श गाउँपालिका–३ नुवाकोटकी १४ वर्षीया अनिता बिक, अन्दाजी १६ वर्षीया स्यानु बिक, आदर्श ७ दडिमानाका २२ वर्षीय कैलाश बिष्ट, १४ वर्षीय दिपक बिष्ट र अन्दाजी ९/१० वर्षकी सविता कटुवाल गम्भीर घाइते भएका छन् । घाइतेहरूको टाउको, अनुहार, हात, खुट्टा र भित्री अंगमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?