त्रिकोणात्मक टी-२० सिरिज: नेपाललाई हराउँदै स्कटल्यान्ड च्याम्पियन

त्रिकोणात्मक टी-२० सिरिज: नेपाललाई हराउँदै स्कटल्यान्ड च्याम्पियन
+
-

काठमाडौं- स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधि घरेलु टोली स्कटल्यान्डले जितेको छ। शुक्रबार भएको अन्तिम खेलमा नेपाललाई ३४ रनले हराउँदै स्कटल्यान्डले उपाधि जितेको हो।

सबै तीन टिमको समान ४  अङ्क भएपनि नेटरनरेटमा अघि रहँदै स्कटल्यान्ड तालिकाको शीर्ष स्थानमा रहेर च्याम्पियन बन्यो। डबल राउन्ड रोविनका आधारमा सम्पन्न खेलमा तीनै टिमले एकअर्का विरुद्ध समान २-२ खेल खेलेका थिए। जसमा सबै टिमले समान २-२ जितबाट ४ अङ्क बनाएपनि नेटरनरेटमा स्कटल्यान्ड शीर्ष स्थानमा रह्यो।

नेपाल विरुद्ध जित्नै पर्ने खेलमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो। उसका लागि ओपनर जर्ज मुन्सीले ३९ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ७८ रन बनाउँदा ब्रान्डन म्याकमुलेनले ३० बलमा ४२ रन बनाए। त्यस्तै माइकल लिस्क २६ रनमा अविजित रहँदा म्याथ्यु क्रसले १७ रनमा अविजित रहे।

नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिंदा रुपेश सिंह, ललित राजवंशी र सन्दीप लामिछानेले समान १-१ विकेट लिए।

उपाधि जित्नका लागि १९४ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा अलआउट हुँदै १ सय ५९ रनमा समेटियो।  नेपालका लागि रुपेश सिंहले सर्वाधिक ४३ रन बनाए। उनले २२ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए। उनी बाहेक दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाउँदा कप्तान रोहित पौडेलले २७ रन बनाए। त्यस्तै आसिफ शेखले १४ रन बनाउँदा भिम सार्कीले १२ रन बनाएका थिए।

स्कटल्यान्डका लागि क्रिश ग्राभेसले ३ विकेट लिंदा साफ्यान सारिफले २ विकेट हात पारे। त्यस्तै ब्रान्डन म्याकमुलन, मार्क वाट र माइकल लिस्कले समान १-१ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?