बलात्कार घटनामा स्ववियु सभापतिलाई १० वर्षको जेल सजाय

बलात्कार घटनामा स्ववियु सभापतिलाई १० वर्षको जेल सजाय
+
-

पर्वत – बालिका बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजाय सुनाएको छ ।

क्षेत्रीसहित अन्य युवालाई विसं २०७४ सालको चैत १५ गते बागलुङको चैते दसैँ मेला अवलोकन गरेर फर्किँदै गरेकी १६ वर्षीया युवतीलार्ई सामूहिक बलात्कार गरेको अभियोग लागेको थियो ।

कुश्मा नगरपालिका–१ पाङ सहस्रधारा घर भई नेपाल विद्यार्थी सङ्घबाट स्ववियु सभापति बनेका २३ वर्षीय क्षेत्रीलाई न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले बुधबार फैसला सुनाएको हो। क्षेत्रीलाई मुलुकी ऐनअन्तर्गत कसुर ठहर गरी पाँच वर्ष र साङ्गठनिक अपराधमा संलग्न रहेको ठहर गरी पाँच वर्ष गरी १० वर्ष कैद सजाय सुनाइएको छ ।

क्षेत्रीसहित पक्राउ परेका दुई बालकहरूको उमेर नपुगेका कारण एक जनालाई पाँच वर्ष कैद र एक जनालाई डेढ वर्ष सुधारगृहमा राख्ने गरी फैसला भएको छ । अदालतले घटना भएको होटलका सञ्चालक शेरबहादुर हमाललाई भने सफाइ दिएको छ । अभियुक्तलाई बागलुङको चैतेदसैँ मेला अवलोकन गरेर फर्किँदै गरेकी युवतीलार्ई सामूहिक बलात्कार गरेको अभियोग लागेको थियो ।

हत्यामा जन्मकैद


पर्वतको फलेवास नगरपालिकाका सूर्यबहादुर सुनारको हत्या गरेको अभियोगमा अभियुक्त विनोदविक्रम कुँवरलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । जिल्ला न्यायाधीश सूर्यबहादुर थापाको बुधबारको इजलासले आरोपित कँुवरलाई अभियुक्त ठहर गरी जन्मकैदको फैसला सुनाएको हो ।

फलेवास नगरपालिका–२ थापाठानाका ३४ वर्षीय कुँवरले फलेवास नगरपालिका–३ शङ्करपोखरीका ३३ वर्षीय सूर्यबहादुर सुनारको हत्या गरेका थिए । गएको जेठ २५ गते कुँवरले मदिराको झोकमा सुन व्यवसाय गरेर पसलमा बसिरहेका सुनारलाई कुटपिट गरी घाइते बनाएका थिए ।

सुनारसँगै उनकी श्रीमती सरस्वती सुनारसमेत कुँवरको कुटाइबाट घाइते भएपछि दुवैलाई गण्डकी क्षेत्रीय अस्पताल पोखरामा लगिएको थियो । उपचारकै क्रममा सूर्यबहादुरको मृत्यु भएको थियो भने सरस्वतीको अवस्था सामान्य छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?