
काठमाडौँ- सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)विनै संसद् चलाइरहेका छन्।
भिजिट भिसा प्रकरणमा जोडिएपछि गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गरेका रास्वपा र राप्रपाले आज संसद् बैठक नै बहिष्कार गरेका छन्।
जेठ १२ गतेदेखि उनीहरूले संसद् अवरुद्ध गरेकोमा आइतबारसम्म रास्वपाले संसद्कै वेल घेराउ गरेर विरोध जनाएको थियो।
आज राप्रपासँगै रास्वपाले पनि संसद् बैठक बहिष्कार गरेको छ। तर सभामुख घिमिरेले दुई दलको उपस्थितिविनै संसद् चलाइरहेका छन्।
सभामुखले पेलेरै संसद् चलाइरहेको भन्दै उनको आलोचना भइरहेको छ।
आज बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची हो ।
थप तस्बिरहरू: