
धनगढी – खाेलामा बगेका बाजुराको गौमुल गाउँपालिका–३ का पूर्व वडा सदस्य धनबहादुर बोहरा मृत अवस्थामा फेला गरेका छन्।
आइतबार दिउँसो गेरेनीखोला तर्ने बेला एक्कासी आएको बाढीले उनलाई बगाएको थियो।
बाढीले बगाएर बेत्तपा भएका बोहराको शव गौमुल गाउँपालिकाकै आगर भन्ने ठाउँमा सोमबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
बेपत्ता उनलाई आइतबारदेखि नै स्थानीय र प्रहरीले खोजी गरे पनि साेमबार बिहान खोलामा पानीको बहाव घटेपछि उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनकबहादुर बोहराले बताए।