
काठमाडौँ – नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
दुई देशबीचको मित्रतालाई अझ प्रगाढ बनाउन काठमाडौँमा सिजाङ साँस्कृतिक सप्ताहसमेत आयोजना गरिएको छ।
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, नेपालका लागि चीनका राजदूत छन सोङ र सिजाङ अन्तर्राष्ट्रिय सांस्कृतिक संघका उपाध्यक्ष लो च्युनले शनिबार सप्ताहको संयुक्त रुपमा उद्घाटन गरेका थिए।
कार्यक्रममा कलाकारहरूले तिब्बती पहिचान झल्किने साँस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरे। यसका साथै सिजाङको भौगोलिक विविधता, रहनसहन, कला संस्कृति, भेषभूषा पूर्वाधार निर्माण सम्बन्धित तस्बिरसमेत प्रदर्शनमा राखिएको थियो।