लुम्बिनी खेलकुद परिषद्ले गर्‍यो खेलाडीलाई सम्मान

लुम्बिनी खेलकुद परिषद्ले गर्‍यो खेलाडीलाई सम्मान
+
-

दाङ – लुम्बिनी प्रदेश सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै पदक तथा पुरस्कार प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरेको छ।

एक सय ४८ खेलाडी र १९ प्रशिक्षकगरी एक सय ६३ जनालाई बुधवार राप्ती उपत्यका(देउखुरी)मा एक कार्यक्रमका विच सम्मान गरिएको हो । प्रदेश खेलकुद परिषद्को आर्थिक बर्ष २०८१/०८२ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार खेलकुदको विकास, विस्तार र खेलाडी उत्पादनका लागि प्रतियोगिता महत्वपूर्ण माध्यम भएको र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई सम्मान गरे हौसला प्रदान गरिएको परिषदका सदस्य सचिव तिरणदाज गौतमले जानकारी दिए।

विश्वकप खो–खो प्रतियोगिता–२०२५ मा दोस्रो स्थान हाँसिल गर्ने ८ जना खेलाडीलाई प्रति व्यक्ति दुई लाखको दरले सम्मान गरिएको छ । सो खेलका प्रशिक्षक र व्यवस्थापकलाई २ जनालाई प्रति व्यक्ति एक लाखको दरले सम्मान गरिएको छ। दक्षिण एसियाली कराते प्रतियोगितामा रजत पदक प्राप्त गरेका एक जना खेलाडीलाई एक लाख रुपैयाँले सम्मान गरिएको छ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल विधाका एकल इभेन्टमा स्वर्ण पदक विजेता खेलाडी ५ जनालाई प्रति व्यक्ति ३५ हजार, रजत पदक विजेता खेलाडीलाई १८ जनलाई प्रति व्यक्ति २० हजार, काश्य पदक विजेता ४६ जनालाई प्रति व्यक्ति १५ हजार, सोही प्रतियोगिताको समूहगत इभेन्टमा स्वर्ण पदक विजेता १२ जना खेलाडीलाई प्रति व्यक्ति २० हजार, समूहगत ईभेन्टमा रजत पदक विजेता ३६ जना खेलाडीलाई प्रति व्यक्ति १२ हजार, समूहगत इभेन्टमा काश्य पदक विजेता १२ जनालाई प्रति व्यक्ति ८ हजार रुपैयाँ प्रदानगरी सम्मान गरिएको छ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल विधाका स्वर्ण पदक विजेता खेलाडीका ६ जना प्रशिक्षकलाई व्यक्तिगत १५ हजार, रजत पदक विजेता खेलाडीका ८ जना प्रशिक्षकलाई व्यक्तिगत २५ हजार, काश्य पदक विजेता खेलाडीका ५ जना प्रशिक्षकलाई व्यक्तिगत १० हजार, टि–२० विश्व कप नेत्रहिन क्रिकेट प्रतियोगीतामा भाग लिएका चार जना खेलाडीलाई प्रति खेलाडी ५० हजार रुपैयाँले सम्मान गरिएको हो। लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणदाज गौतमले खेलाडीहरुलाई सम्मान गरेर प्रदेशले हौसला थपेको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?