काठमाडौं – अन्तर्राष्ट्रिय प्लाष्टिक प्रदर्शनी–२०१८ शुक्रबार शुरु हुने भएको छ। प्लाष्ट नेपाल फाउण्डेशनको आयोजनामा १९, २० र २१ गते काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी हुने मेला आयोजक समितिका संयोजक विवेक तातेडले जनाएका छन्।
‘प्लाष्टिकलाई चिनौं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा प्लाष्टिकजन्य वस्तुको उपयोगिताका विषयमा उपभोक्ता, सरकारी र सार्वजनिक निकायहरुमा जागरण ल्याउने र जानकारी गराउने तातेडले जनाएका छन्।
त्यसैगरी, प्लाष्टिक उद्योगहरुको जनशक्ति विकास गर्न तालिम, प्रशिक्षण, आधुनिक र अद्यावधिक ज्ञान र शीप उपलव्ध गराउने, हस्तान्तरण गर्ने केन्द्रको रुपमा काम गर्ने उनले बताए।
प्लाष्टिक जन्य वस्तुहरुको परीक्षण र विकास सम्बन्धि सेवा प्रदान गर्ने प्रयोगशालाको विकास गरी भविष्यमा प्रमाणिकरणको काम समेत गर्ने लक्ष्य राखिएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत उद्घाटन कार्यक्रममा आउने जानकारी पनि तातेडले दिएका छन्।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































