जनकपुरमा पोलियोविरुद्ध एफआईपीभीखोप, स्वास्थ्‍यमन्त्री यादवले गरे उद्‌घाटन

जनकपुरमा पोलियोविरुद्ध एफआईपीभीखोप, स्वास्थ्‍यमन्त्री यादवले गरे उद्‌घाटन
+
-

जनकपुरधाम-उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पोलियो विरुद्धको एफ.आई.पि.भी खोपको शुभारम्भ प्रदेश २ बाट गरेका छन्।

जनकपुरमा बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित कार्यक्रमकाबीच मन्त्री यादवले उक्त खोपको शुभारम्भ गरेका हुन्।

मन्त्री यादवले एफ.आई.पि.भी. खोप बक्स स्वास्थ्यकर्मी सुनिता यादवलाई हस्तान्तरण गरेर खोपको शुभारम्भ गरेका छन्।

नेपालमा यसअघि नै एफ.आई.पि.भी. खोपको शुरुवात भइसकेपनि बिहीबारदेखि यसको औपचारिक सुरुवात भएको जनाईएको छ।

विगतमा थोपा खुवाएर दिइने पोलियो खोपलाई विस्थापित गर्दै सुइको माध्यमबाट उक्त खोप दिइने बताइएको छ।

खोपको तुलनामा सुई बढी प्रभावकारी


विगतमा दिइने पोलियो खोपको तुलनामा अहिले सुइबाट दिइने खोपबढी प्रभावकारी रहेको बाल स्वास्थ्य सेवा विभागका खोप प्रमुख झलक गौतमले बताएका छन्।

बच्चा जन्मेको ६ हप्तापछि पहिलो पटक र १४ हप्तापछि दोस्रो पटक गरी दुईटा खोप लगाइ सकेपछि बालबालिका पोलियोको जोखिमबाट मुक्त हुने उनले जानकारी दिए।

कार्यक्रममा परिवार कल्याण महाशाखाका निर्देशक रामदार्थ विच्छाले अन्य प्रदेशको तुलनामा प्रदेश-२ मा खोपको अवस्था चुनौतीपूर्ण देखिएको बताएका छन्।

कार्यक्रममा प्रदेश-२ मा ७८ प्रतिशत बालबालिकाले मात्र पूर्ण खोप लिएको तथ्याङक समेत प्रस्तुत गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?