
काठमाडौँ – नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा आज नेकपामा एमालेले विभिन्न कार्यक्रमहरु गरिरहेको छ।
जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
‘जबजका तीन दशक’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएका छन्।
एमालेको सक्रिय राजनीतिमा फर्कने तयारी गरिरहेकी पूर्वराष्ट्रपति भण्डारी र पार्टी अध्यक्ष ओली एउटै मञ्चमा देखिएका हुन्।