
कतार – कतार एयरवेजले आफ्नो पुरस्कार जित्ने क्रम जारी राख्दै २९ औँ वार्षिक टि.टि.जी ट्राभल अवार्ड्स २०१८ मा ‘सर्वश्रेष्ठ इन्फ्लाइट सेवा’ अवार्ड हात पार्न सफल भएको छ ।
साथै, एयरलाइनले २०१८ को बिजनेस ट्राभलर एसिया–प्यासिफिक अर्वाड्समा लगातार नवौँ पटक ‘सर्वश्रेष्ठ मध्य पूर्वी/अफ्रिकन एयरलाइन’ उपाधि पनि जित्न सफल रह्यो ।
कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भने, “यी अर्वाड्हरुले हामीलाई अत्यन्तै सन्तोषजनक अनुभव प्रदान गरेको छ । यसले हामीसँग यात्रा गर्ने यात्रुहरुका लागि उडान सेवालाई निरन्तर रुपमा सुधार्ने हाम्रो प्रतिबद्धता दर्शाउँछ । हामी प्रति विश्वास व्यक्त गर्दै विभिन्न विधामा निरन्तर भोट गर्दै आउनुभएको हाम्रा यात्रुहरु प्रति आभारी छौँ र साथै सर्वोत्कृष्ट गुणस्तरको सेवा प्रदर्शन गर्दै आउनुभएका हाम्रा कर्मचारी वर्गलाई पनि धन्यवाद दिन चाहन्छौँ । यात्रुहरुको अनुभवलाई नयाँ परिभाषा दिलाउने एवं यस उद्योगमा नयाँ स्तरको स्थापना गर्ने हाम्रो लक्ष्यले नै प्रत्येक वर्ष हामीलाई थप प्रोत्साहन दिँदै आएको छ । ”
२९ औँ वार्षिक टिटिजी ट्राभल अवार्ड्स एसियाको सबैभन्दा विश्वसनीय टि.टि.जी एसियाद्वारा आयोजना गरिएको हो । यी एयरलाइन अर्वाडहरु यात्रा परामर्शदाता, टुर सञ्चालक एवं गन्तव्य व्यवस्थापन कम्पनीहरुको भोटको आधारमा निर्णय गरिन्छ ।