
नयाँ दिल्ली-बहुचर्चित पद्मावती फिल्म पद्मावत नाम राख्दै रिलिज हुने भएको छ। भारतीय संचारमाध्यमका अनुसार फिल्म जनवरी २५ मा रिलिज हुने भएको हो। अक्षय कुमार अभिनित पदमनु फिल्म पनि जनवरी २५ मै रिलिज हुँदैछ।
संजयलिला भन्सालीको फिल्म पद्मावतीले गत बर्ष डिसेम्बर १ मा रिलिज गर्ने घोषणा गरेको थियो। तर फिल्मको बिषयबस्तुमा राजपूत समाज लगायतले बिरोध गरे पछि रिलिज मिति रद्द गर्नु परेको थियो।
भारतीय सेन्सर बोर्डले फिल्मका केहि सिन हटाउँदै नाम परिवर्तन गर्न निर्माण पक्षलाई निर्देशन दिएको थियो।
सेन्सर बोर्डले भने बमोजिम नाम राख्दै निर्माण पक्षले नयाँ रिलिज मिति सार्वजनिक गरेको हो।
फिल्ममा दिपिका पादुकोण, रणबिर सिहं, सहिद कपुर प्रमुख भूमिका रहेका छन्।
जनवरी २५ मा रिलिज हुने अक्षय कुमारको पदमन र संजयलिला भन्सालीको पद्मावत बीच प्रतिष्पर्धा हुने आकलन गरिएको छ। एजेन्सी