मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य यादव फरार

मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य यादव फरार
+
-

जनकपुरधाम – मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य अशोक यादव विरुद्ध सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन्। सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का र यादवबीच गालीगलौच भएपछि उनी विरुद्ध अपराधिक उपद्रव कसुरमा मुद्दा दर्ता भएपछि जनता समाजवादी पार्टीको मधेस प्रदेश अध्यक्षसमेत रहेका यादव फरार भएका छन्।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईका अनुसार यादव अहिले फरार रहेकाले उनको खोजी भइरहेको छ।
जसपा मधेस अध्यक्ष यादव र सर्लाही प्रहरी प्रमुख खड्काबीच बिहिबार राति फोनमा भएको गालीगलौचको अडियो सामाजिक सञ्जालमा भाइरल छ।
यादवले आर्थिक चलखेल गर्ने पूर्वाधार विकास कार्यालयमा उल्टै प्रहरी तैनाथ गरेर सेवा प्रवाह गरिएको भन्दै प्रहरी उपरीक्षक खड्कालाई फोन गरेर आपत्ति जनाएका थिए। कुराकानीको क्रममा दुबैजनाले एक अर्कालाई गाली गरेका थिए।

यादव र प्रहरी उपरीक्षकबीच गालीगलौच भएपछि सर्लाही प्रहरीले उनीमाथि विगतमा दर्ता भएको विभिन्न ७ वटा मुद्दाको विवरण सार्वजनिक गरेको। सर्लाही प्रहरीका अनुसार यादवमाथि चोरीको एउटा मुद्दा, अभद्र व्यवहारको ५ वटा मुद्दा र ज्यान मार्ने उद्योगको एउटा मुद्दा दर्ता भएको हो।

सर्लाहीका प्रहरी प्रवक्ता राईका अनुसार २०५७ पुस ८ गते मलंगवा नगरपालिका १० स्थित नथुनि साह जिल्ला कृषि विकासमा बसिरहेको अवस्थामा यादवसमेत आई गाली गलौज तथा हातपात गरेकोमा नथुनी साहको जाहेरीले यादव माथि अभद्र व्यवहारको मुद्दा चलेको थियो।

यस्तै, २०६६ असोज १० गते साँझको समयमा काठमाडौँबाट आइरहेका शिक्षा कार्यालयका लेखापालको साथबाट १ लाख ५० हजार ४ सय रुपैयाँ लुटेर लगेको घटनामा चोरी सम्बन्धि कसुरमा मुद्दा चलेको प्रहरीले जनाएको छ।

यस्तै, २०७२ पुस ५ गते जिल्ला प्रशासन कार्यालयको नागरिकता तथा राहदानी फाँटमा प्रवेश गरि कम्प्युटर र मोनिटरमा तोडफोड गरेको घटनामा अभद्र व्यवहार मुद्दा चलेको थियो।

२०७२ फागुन मा यादवले मादक पदार्थ सेवन प्रहरी टोलीलाई गाली गलौज गरेको भन्दै अभद्र व्यवहार मुद्दा चलाएको थियो।
२०७३ साउन १३ गते सिँचाई बिकास डिभिजन कार्यालय मलगंवा सर्लाहीमा यादव अनाधिकृत रुपमा प्रवेश गरि कर्मचारीहरुलाई धाकधम्की दिएको घटनामा अभद्र व्यवहार मुद्दा दर्ता भएको थियो। यस्तै, २०७३ मंसिर २९ प्रहरीलाई गाली गरेको तथा अभद्र व्यवहार गरेको भन्दै प्रहरीले उनीमाथि अभद्र व्यवहार मुद्दा चलाएको थियो।

२०७७ जेठ २७ गते सडकको जग्गा जमिनको बिषयमा राज नारायण रायसँग वादविवाद हुँदा ज्यानै मार्ने किसिमले कुटपिट गरेको भन्दै रायको जाहेरीपछि जिल्ला प्रहरी कार्यालयबाट यादवमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको सर्लाही प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?