
हुम्ला- जाजरकोटको नलगाड नगरपालिकामा एउटै परिवारका तीन जना बिरामी परेका छन् । उनीहरुले विषालु च्याउ खाएपछि बिरामी परेका हुन् ।
नलगाड- ४ पिपलचौरका मगबहादुर सिंहकी १२ वर्षीया छोरी कौशिला सिंह, ६ वर्षीय छोरा झलक सिंह र ३ वर्षीया छोरी दीपा सिंह बिरामी परेका छन् ।
सलघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाएका छिमेकी नवराज शर्माले जानकारी दिए ।
उनीहरूको नगर अस्पताल दल्लीमा उपचार भइरहेको नगर अस्पतालका डाक्टर नवीन ध्यारले बताए ।
बर्खाको समयमा च्याउ नखाना चिकित्सकले सुझाव दिएका छन् ।