त्रिविमा राजनीति भागबण्डाको विरोधमा नेविसंघको प्रदर्शन, केही पक्राउ (तस्बिरसहित)

त्रिविमा राजनीति भागबण्डाको विरोधमा नेविसंघको प्रदर्शन, केही पक्राउ (तस्बिरसहित)
+
-

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयमा भइरहेको राजनीतिक भागबण्डा, शुल्क वृद्धि र छात्रवृत्तिमा भइरहेको अनियमितताको विरोधमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअगाडि विरोध प्रदर्शन गरेको छ।

“शुल्क वृद्धि खारेज गर”, “दोहोरो भर्ना बन्द गर”, “छात्रवृत्तिको ठगी बन्द गर”, “शैक्षिक माफिया होशियार” र “फेयर स्कलरसिप”लगायतका नारासहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले शिक्षा क्षेत्रमा देखिएको अव्यवस्था र पक्षपातपूर्ण नियुक्तिको विरोध गरेका हुन्।

प्रदर्शनका क्रममा नेपाल विद्यार्थी संघ काठमाडौँ जिल्ला अध्यक्ष अंशुल केसीसहित केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रदर्शनमा संलग्न नेविसंघले विद्यालय भर्नाको समयमा दोहोरो भर्ना बन्द गर्न, छात्रवृत्तिको पारदर्शी व्यवस्था र न्यायसंगत वितरण सुनिश्चित गर्न, प्रतिस्पर्धात्मक विधिबाट शिक्षक नियुक्ति गर्न, विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न तथा विश्वविद्यालयहरूमा योग्यता आधारित नियुक्ति लागू गर्न माग गरेका छन्।

विद्यार्थी नेताहरूका अनुसार, शिक्षाको राजनीतिकरण र पहुँच आधारित नियुक्ति प्रणालीले योग्य विद्यार्थी र शिक्षकहरूको भविष्य संकटमा परेको छ। उनीहरूले योग्यता र प्रतिस्पर्धालाई मुख्य आधार मानेर शिक्षा प्रणालीमा सुधारको माग गर्दै आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

यसअघि पनि त्रिवि लगायतका शैक्षिक संस्थाहरूमा भएका नियुक्ति र प्रशासनिक निर्णयहरूमा राजनीतिक हस्तक्षेपको विरोध हुँदै आएको छ।

तस्बिरहरू:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?