प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा ८ स्रष्टा सम्मानित

प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा ८ स्रष्टा सम्मानित
+
-

मोरङ – आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीका अवसरमा विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले साहित्यका क्षेत्रका ८ जना स्रष्टालाई सम्मान गरेको छ।

प्रतिष्ठानले आइतबार आयोजना गरेको कार्यक्रममा ५० हजार राशिको प्रतिभा पुरस्कार वरिष्ठ कवि तीर्थ श्रेष्ठलाई समर्पण गरेको थियो। त्यसैगरि, ५० हजार राशिकै दीनबन्धु–उषादेवी गोयल प्रतिभा पुरस्कार महाकाव्यकार भुवनहरि सिग्देल, ५० हजार राशिकै लीलानाथ–विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार राधाकृष्ण संस्कृत वेदवेदाश्रम गुरुकुलम् चतरा, सुनसरी र ५० हजार राशिकै ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार साहित्यकार गायत्रीकुमार चापागाईं र साहित्यकार डा. विमला श्रेष्ठलाई संयुक्त रुपमा प्रदान गरेको प्रतिष्ठानका सचिव दिनेशराज सुवेदीले जानकारी दिए।

कार्यक्रममा २१ हजार राशिको विराटलक्ष्मी प्रतिभा पुरस्कार अनुसन्धानदाता सुदीप अधिकारी, २१ हजार राशिको षडानन्द प्रतिभा पुरस्कार साहित्यकार मञ्जुश्री गिरी र साहित्यकार अभागी थेगुवालाई संयुक्त रुपमा प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका प्रमुख परशुराम खापुङले भाषा, साहित्य, संस्कृति कला समाजको दर्पण भएको चर्चा गरेका थिए।

प्रदेश प्रमुख खापुङले भाषा, साहित्य, कला र संस्कृतिको जर्गेनामा तीनै तहको सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए। कार्यक्रममा संस्थाका अध्यक्ष न्यौपाने, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, साहित्यकार भूषण ढुंगेल, मीनकुमार नवोदितलगायतले पुरस्कृत स्रष्टाहरुको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए।

सोही अवसरमा साहित्यकार गायत्रीकुमार चापागाईंद्वारा लिखित दुईवटा कृतिसमेत विमोचन गरिएको थियो। २०३९ सालमा स्थापित प्रतिभा पुरस्कार प्रतिष्ठानले हालसम्म ११० जनाभन्दा बढी स्रष्टाहरुलाई पुरस्कृत गरिसकेको सचिव सुवेदीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?