आश्वासन पाएकाे, संरक्षण नपाएकाे गुफाडाँडा (फोटो-फिचर)

आश्वासन पाएकाे, संरक्षण नपाएकाे गुफाडाँडा (फोटो-फिचर)
+
-

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- ९ मा छ- गुफाडाँडा। डाँडामा पनि गुफा? अचम्म लाग्न सक्छ। हाे, डाँडामा पनि गुफा। तर गुफा गुप्त (ओझेलमा) छ। गुप्त भएकाे हाेइन, बनाइएकाे छ। अहिले गुफाडाँडामा जानेहरू पनि गुफा कहाँ छ? अल्मलिने अवस्था छ। पहिलाे ‘राष्ट्रिय जलवायु सम्मेलन’ भएको यस ठाउँमा अहिले भने यस गुफाडाँडाकाे प्रचारप्रसार हुन सकेकाे छैन।

प्रक‌तिकाे उपहार हाे याे गुफाडाँडा। समुन्द्री सतहदेखि २ हजार ५ सय २० मिटरको उचाइमा अवस्थित यस डाँडामा प्रकृतिप्रेमी हर कसैकाे मन लाेभिन्छ।

जुगल हिमाल, दोर्जे लाक्पा, आमा याङ्ग्री हिमालसम्म आँखै अगाडि भएसरी स्पर्श गर्न पाइने याे ठाउँ सरकारकाे उपेक्षामा परिरहेकाे छ।

२०७५ सालमा पहिलाे ‘राष्ट्रिय जलवायु सम्मेलन’ यहीँ गरिएको थियो जसको उद्घाटन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्।

सम्मेलनले १० बुँदे घोषणा पत्र जारी गरेको थियो। २०७५ को सम्मेलनपछि संघ र बागमती प्रदेश सरकारले पटक-पटक यहाँकाे प्रवर्द्धन गर्ने प्रतिबद्धता गरेपनि त्याे प्रतिबद्धता बाेलीमै सीमित बनेकाे छ।

सम्मेलनका समयमा ७७ वटा जिल्लालाई प्रतिनिधित्व गर्ने ७७ वटै जिल्लाका नाममा राष्ट्रिय झण्डासमेत राखिएकाे छ यहाँ। अहिले यही झण्डासमेत संरक्षण गर्न कठिन भएकाे मेलम्ची नगरपालिकाकाका मेयर आइतमान तामाङ बताउँछन्। ‘अहिले झण्डाहरु जीर्ण अवस्थामा छन्, हामी छलफलमा छौँ, यसलाई कसरी व्यवस्थापन गर्ने भनेर,’ उनले भने।

सम्मेलनका समयमा यहाँ हराभरा बनाउनेलगायत धेरै कुरा भयको थियो। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बजेटको प्रतिबद्धता गरे पनि त्याे अपुराे भयाे। बजेट एक रूपैयाँ पनि परेन। याे लामागुरुहरू गुफा बस्ने ठाउँ हो।

संघ र प्रदेश सरकारले उपेक्षा गरेपनि मेलम्ची नगरपालिका आफै यसकाे संरक्षणमा लागेकाे छ।

नगरपालिकाले गुफाडाँडालाई २ करोड रुपैयाँ बजेट बिनियोजन गरेकाे छ। नगरप्रमुख तामाङका अनुसार यहाँ बहुआयामिक पार्क निर्माण गरिनेछ जहाँ एउटा बुद्धको मुर्ती, डम्फू पार्क र झाँक्रीको मुर्ती निर्माण गरिनेछ।

पाँचपोखरी-नौलिङश्वरी हुँदै गोसाइँकुण्ड भएर पर्यटकहरू यहाँ पुग्ने गर्छन्।

यहाँ पुग्न सडककाे राम्रो व्यवस्था छैन। ‘सडकको राम्रो व्यवस्थापन गर्नुपर्ने छ जसका लागि हामी बजेट छुट्याएका छौँ। यसलाई अझ थप्दै जानेछौँ’, नगरप्रमुख लामाले भने।

तस्बिरहरू: 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?