
काठमाडौँ- प्रतिनिधि सभा बैठक सुरू भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबारको प्रतिनिधिसभाको बैठकमा पनि आफ्नो धारणा राखेर बहिस्कार गरेका छन्।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरिएको भन्दै दुवै पार्टीले आफ्नो धारणा राखेर बैठक बहिस्कार गरेका हुन् ।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए । लगत्तै सभामुख घिमिरेले रास्वपा सांसद अशोक चौधरीलाई धारणा राख्न समय दिए ।
सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।
तस्बिरहरू: