मधेस सरकारको बजेट प्रदेश प्रमुखद्वारा प्रमाणीकरण

मधेस सरकारको बजेट प्रदेश प्रमुखद्वारा प्रमाणीकरण
+
-

जनकपुरधाम- मधेस प्रदेशको प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रमाणीकरण गरेकी छन् ।

बुधबार साँझ प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ के उपधारा (१) बमोजिम प्रमाणित भई प्रमाणिकरणका लागि पेश भएकोमा दुई विधेयकलाई प्रमाणीकरण गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम मधेस प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि मधेस प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको निमित्त सचिव शत्रुधन यादवले जानकारी दिएका हुन् ।

सोमबार बसेको मधेस प्रदेशसभा बैठकबाट प्रदेश सरकारको बजेट पारित भएको थियो । प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि प्रतिपक्षी दल बिनाको बैठकमा मधेस सरकारको आगामी आवको बजेट सर्वसम्मतले पारित भएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?